एक्सप्लेनर भिडियो
फेसबुक बन्द गर्न मन छ, तर डर छ !
- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ हरेकजसो कार्यक्रममा पुग्दा भन्न छुटाउँदैनन्, दर्ता हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल प्लाटफार्म बन्द हुन्छ ।
- सञ्चार मन्त्रालयले चैत ७ गते तेस्रो पटक सूचना जारी गर्यो, जसमा गर्दै नेपालमा चलिरहेका सामाजिक सञ्जाल प्लाटफार्मलाई ३० दिनभित्र दर्ता हुन आह्वान गरिएको थियो । त्यो सूचना अनुसार ७ वैशाखसम्म फेसबुकलगायतका सामाजिक सञ्जाल दर्ता हुन आउनुपर्ने थियो ।
- तर, यो अवधिमा कुनै पनि सामाजिक सञ्जाल दर्ता हुन आएनन् । औपचारिक रुपमा एउटा निवेदन समेत परेन ।
- अब त्यसो भए सामाजिक सञ्जालहरु बन्द हुन्छन् ? यसको जवाफ हामीले सञ्चार मन्त्रालयका अधिकारीहरुसँग माग्यौं । उनीहरुको पनि कुरा स्पष्ट छ, ‘यो हाम्रो तहमा छलफल भएर हुने कुरा होइन, राजनीतिक तहमै सोध्नुपर्ला ।’
- सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्नेबारे मन्त्रालयमा कुनै छलफल गरेका छैनन् । मन्त्रीको निर्णय वा निर्देशन नभई यो प्रक्रिया अघि बढ्न सक्ने अवस्था पनि छैन ।
- अहिले चिनियाँ एप टिकटकबाहेक भाइबर पनि नेपालमा दर्ता छ । सरकार अब मूलतः फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम र एक्स जस्ता बढी प्रयोगमा रहेका सामाजिक सञ्जालहरु दर्ता होस् भन्ने चाहन्छ ।
- फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम एउटै कम्पनी मेटाको हो । त्यसैले सञ्चार मन्त्रालयले पछिल्लो पटक सूचना जारी गरेपछि मेटाको सिंगापुर कार्यालयका पोलिसी हेर्ने अधिकारीहरुले सञ्चारसहित राधिका अर्यालसहितको टिमसँग भर्चुअल मिटिङ गरेका थिए
- मिटिङमा मेटाले नेपाल आफ्नो लागि सानो बजार भएको मात्रै बताएन, नेपालमा सामाजिक सञ्जाल नियमनबारे ऐन नै नभएको बतायो । संसदमा विधेयक पेश मात्रै भएको अवस्थामा अमुक निर्देशिका देखाएर दर्ता गर्न आह्वान गर्नु न्यायसंगत नभएको दाबी गर्यो ।
- साथै फेसबुकका प्रतिनिधिले नेपालले हस्ताक्षर गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र अभिसन्धीहरु देखाएर प्रतिबन्धको व्यवस्था नै उचित नहुने तर्क गरेका थिए ।
- त्यसपछि पछिल्लो दिनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ फेसबुकप्रति निकै आक्रामक सुनिएका छन् । उनी मेटाविरुद्ध एक्सन लिनुपर्छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।
- तर के सरकारले एक्सन लिइहाल्ला ?
प्रकाशित मिति:
सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
मंगलबार, कात्तिक १८, २०८२
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
सोमबार, कात्तिक १७, २०८२
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
आइतबार, कात्तिक १६, २०८२
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
बिहीबार, कात्तिक १३, २०८२
कता अड्कियो चीनको रेल ?
बुधबार, कात्तिक १२, २०८२
एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
बुधबार, कात्तिक १२, २०८२
ट्रेन्डिङ






