एक्सप्लेनर भिडियो
सीके राउतलाई आलिसान घर, कोषाध्यक्षलाई हत्कडी
- जनमत पार्टीका अध्यक्ष सीके राउतको विलासी बसोबास र परिवारवादले पार्टीभित्र विवाद बढ्दो छ । यही विवादका कारण कोषाध्यक्ष सुरेन्द्र यादव हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्, उपाध्यक्ष दीपककुमार साह निलम्बनमा छन् ।
- २०७९ मंसिरको चुनावको उम्मेदवारी दर्ताको समयमा टिकटलाई लिएर विवादको विजोरापण भयो । पार्टीमा स्थापना कालदेखि सक्रिय सुरेन्द्र यादव सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा उठ्न चाहेका थिए । तर राउतले आफ्ना दाजु सीके राउतलाई टिकट दिए । जयकान्तले चुनाव हारे ।
- पछि जयकान्तलाई नै राष्ट्रिय योजना आयोगको सदस्य बनाए । योजना आयोगबाट हट्नासाथ उनैलाई पार्टीको राष्ट्रिय परिषद्को अध्यक्ष मनोनित गरिदिए ।
- जनमतले ललितपुरको इमाडोलमा घर किन्यो । त्यहाँ अहिले सीके राउत बस्ने गरेका छन् । राउतको इच्छा पूरा गर्न झण्डै ३ करोड खर्चिएर इमाडोलमा घर किनिएको छ । राउतले घरमा फराकिलो पार्किङ स्पेस पनि खोजे । त्यसका लागि फेरि केही करोड खर्चिएर जग्गा जोडिएको छ, पार्किङ बनाइएको छ ।
- एक नेताका अनुसार इमाडोलको घर जग्गा किन्ने क्रममा समानुपातिक सांसदहरुसँग पैसा उठाउने काम समेत भयो । पार्टीमा सीके राउतका दाइ जयकान्त यति हावी भए । लेनदेन, हरहिसाब सबै उनीमार्फत नै हुन थाल्यो ।
- पछिल्लो पटक जनमतका अध्यक्ष सीके राउतले ललितपुर र जनकपुरको घर समेत आफ्नो दाइ जयकान्तकै नाममा नामसारी गर्न दबाव दिएपछि विवाद चर्कियो । यही विवादपछि कोषाध्यक्ष सुरेन्द्र यादवविरुद्ध पार्टीकै नेताहरुले आपराधिक विश्वासघातमा उजुरी दिए र उनी पक्राउ परे ।
प्रकाशित मिति:
सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





