एक्सप्लेनर भिडियो
सरकारले खान नमानेको सिटामोल
- नेपालमा सिटामोल नखाने मानिस सायदै कोही होलान् । ज्वरो र टाउको दुखेको बेला यो औषधिको प्रयोग धेरै हुन्छ ।
- नेपालमा सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले पनि सिटामोल उत्पादन गर्छ । तर अहिले यो सरकारी सिटामोल उत्पादकलाई नै ज्वरो आएको छ । ज्वरो पनि सामान्य होइन, उच्च ज्वरो आएको छ ।
- पूर्ण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको गोदाममा सिटामोलको चाङ छ । अब भने यसले सिटामोल उत्पादन बन्द गरेको छ ।
- नेपाल औषधि लिमिटेडले निजी सप्लायरहरुलाई सिटामोल कम्तीमा प्रतिगोटा ८२ पैसामा बिक्री गर्छ । तर, सरकारले सिटामोलको बजार मूल्य प्रतिगोटा एक रुपैयाँ तोकेको छ । त्यसैले उत्पादकदेखि होलसेलर हुँदै रिटेलरसम्म पुग्दा यसमा प्रतिगोटा नाफाको मार्जिन नै बस्दैन ।
- त्यसैले नेपाली र भारतीय कम्पनीहरुले उत्पादन गरेको अनेक नामका पारासिटामोल बिक्री हुन्छन्, सरकारी सिटामोल कसैले बेच्न मान्दैन ।
- नेपाल सरकारले आफैंले सिटामोल उत्पादन गर्न थालेको २०२९ सालदेखि नै हो । यही सिटामोल सुगमदेखि दुर्गमसम्मका मान्छेहरुको दुखाइ घटाउने सस्तो र प्रभावकारी ओखती बनेको थियो ।
- तर निजीसँगै भारतीय कम्पनीका परासिटामोलहरु छ्यापछ्याप्ती भएपछि २०६३ सालदेखि सिटामोलको उत्पादन मात्रै बन्द भएन, नेपाल औषधि लिमिटेडमै ताल्चा ठोकियो ।
- २०७४ सालमा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले नै औषधि उत्पादन गर्नुपर्छ भनेर सक्रियता देखाए । अनि बन्द भएको औषधि लिमिटेड खोलेर सिटामोल र जीवनजल उत्पादन सुरु गराए । त्यसपछि सरकारी सिटामोलले पुनर्जीवन पायो । तर अहिले फेरि अस्तित्वको लडाइँमा छ ।
- सरकारी कम्पनीको ‘हिरो प्रोडक्ट’को यो हालत हुँदा सरकार के हेरेर बसेको छ ?, नेपाल औषधि लिमिटेडका महाप्रवन्धक कैलाशकुमार पनेरु नै सरकारसँग यही यही सोधिरहेका छन् ।
- सरकारले अहिले सरकारी स्वास्थ्य संस्थामा ९२ किसिमका औषधि निःशुल्क वितरण गर्छ । त्यसमध्ये एउटा पारासिटामोल पनि हो ।
- धेरै सरकारी अस्पताल र स्थानीय सरकारहरु आफैं टेन्डर गर्छन् । मूल्यका कारण टेन्डरबाट सरकारी सिटामोलले सरकारी अस्पतालमा इन्ट्री पाउने अवस्था छैन । बरु भारतीय पारासिटमोल सप्लाइ गरिन्छ ।
- बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अनि सरकारी अस्पतालहरुमा पनि निजी कम्पनीका पारासिटामोलले हालिमुहाली गरेपछि सरकारी सिटामोलको अस्तित्व जोगाउन हारगुहार गरिरहेको छ ।
प्रकाशित मिति:
मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
चितवन ३ मा रेनु कि सोविता ?
मंगलबार, माघ २०, २०८२
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
मंगलबार, माघ २०, २०८२
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
शनिबार, माघ १७, २०८२
सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
बिहीबार, माघ १५, २०८२
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव
बुधबार, माघ १४, २०८२
ठूलो संकटबाट जोगियो नेपाली अर्थतन्त्र
मंगलबार, माघ १३, २०८२
ट्रेन्डिङ





