पाकिस्तानविरुद्ध भारतको ‘वाटर स्ट्राइक’
जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा नीति लिएको छ । जसमा सबभन्दा महत्वपूर्ण चाहिँ सिन्धु जल सम्झौता निलम्बन हो । यसलाई भारतीय सञ्चार माध्यमहरुले वाटर स्ट्राइक भनेका छन् ।
सिन्धु नदीसँगै यसका दुई सहायक नदी झेलम र चिनाब पाकिस्तानको जीवन रेखा हो । यो नदी चार देश भएर बग्छ र २१ करोडभन्दा बढी मानिसको जल आवश्यकता पूरा गर्छ ।
भारत र पाकिस्तानबीच अनेकौं पटक तनावहरु भएका छन्, तर यो सम्झौता तलमाथि भएन । भारत र पाकिस्तानको युद्ध हुँदा समेत यसलाई चलाइएन ।
तर यो पटक भारतले सिन्धु जल सम्झौतालाई निलम्बन गर्ने निर्णय लिएको छ । भारतीय अधिकारीहरुका अनुसार यो निलम्बन त्यो बेलासम्म रहन्छ, जबसम्म पाकिस्तानले विश्वसनीय रुपमा सीमा क्षेत्रमा आतंकवादलाई समर्थन गर्न बन्द गर्दैन ।
पानीको अभावका कारण लाखौं एकड जमिन सुख्खा हुनेछ । यदि जमिन सुख्खा रह्यो भने लाखौं नागरिक समस्यामा पर्नेछन् । किनकी पाकिस्तानको ९० प्रतिशत कृषि उत्पादन सिन्धु जल सम्झौतासँग जोडिएको छ ।
जसरी भारतले पहिलो पटक सिन्धु जल सम्झौतालाई निलम्बन गर्ने कदम चालेको छ, यसले पाकिस्तानमा भोलिका दिनमा आउनसक्ने संकटको भने संकेत गरेको छ ।
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
हिमालका पर्यटकीय क्षेत्र जोड्न नयाँ पूर्व-पश्चिम राजमार्ग
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?
पासपोर्ट घोटालामा आरजु राणा र बिचौलिया कनेक्सन


-1781681783.png)



