एक्सप्लेनर भिडियो
ट्राफिक प्रहरीले किन गुमाउँदैछ संयमता ?
- ट्राफिक प्रहरी कि वर्दीधारी गुण्डा ? यो प्रश्न हाम्रो होइन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको हो ।
- पछिल्लो दिनमा ट्राफिक प्रहरीले नागरिकमाथि गरेको ज्यदतीका भिडियोहरु भाइरल भएका छन् । जसमा प्रहरी, सर्वसाधारणमाथि गुण्डाकै शैलीमा जाइलागेका छन् ।
- ट्राफिक प्रहरीको काम सवारी व्यवस्थापन गर्ने हो । चालक र यात्रुलाई सचेत गराउने हो । ट्राफिक नियम विपरीतको काम गरे जरिवाना तिराउने हो ।
- मान्छे कुट्ने त हुँदै होइन ।
- ट्राफिकलाई छाड्नुस्, जनपथ प्रहरीलाई समेत बिच सडकमा नागरिक कुटेर तमासा देखाउने अधिकार छैन ।
- आफ्नै हिरासातभित्रै पनि आरोपीलाई प्रहरीले कुट्न पाउँदैन । यहाँ त ट्राफिक प्रहरीले नै कुटिरहेका छन् । सीधा सीधा दादागिरी देखाइरहेका छन् ।
- उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेका अनुसार यस्तै गतिविधिमा संलग्न भएर कारवाहीमा परेका ३५ जना ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न तालिम दिइँदैछ ।
- कुनै बेला ट्राफिक प्रहरीको शिष्टता र सभ्यताको प्रशंसा हुने गरेको थियो । तर पछिल्लो दिनमा नागरिकसँग ट्राफिक प्रहरीको सम्बन्ध कमजोर बनिरहेको छ । किन त ?
- यो भिडियोमा यसको जवाफ खोजिएको छ ।
प्रकाशित मिति:
शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
सोमबार, साउन १८, २०८३
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
आइतबार, साउन १७, २०८३
निम्स दाइ : एक अदभूत र साहसी आरोही
शनिबार, साउन १६, २०८३
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
शुक्रबार, साउन १५, २०८३
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
बिहीबार, साउन १४, २०८३
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर
बुधबार, साउन १३, २०८३
ट्रेन्डिङ






