एक्सप्लेनर भिडियो
                                                        निवर्तमान शिक्षामन्त्रीले नेता र सांसदलाई पढाएको पाठ
- एमाले सांसद विद्या भट्टराई चाबहिलमा बस्छिन् । सांसद भट्टराई मिलेसम्म टेम्पो नै चढ्छिन् ।
 - १४ चैतमा पनि प्रतिनिधिसभाको बैठक थियो । सांसद भट्टराई टेम्पो चढेर बानेश्वर संसद भवन आइन् ।
 - बैठक सकियो, संसद भवनको गेट अगाडि नै टेम्पो भेटियो । उनी अरु बेला झैं सफा टेम्पो चढिन् ।
 - उनीसँगै बाहिरिएका एमाले सांसद तारा लामा तामाङले मोबाइल झिके । सांसद भट्टराईले सफा टेम्पो चढेको फोटो खिचे र, सामाजिक सञ्जालमा राखे ।
 - क्षणभरमा एमाले सांसद विद्या भट्टराईको फोटो भाइरल भयो । भट्टराईको प्रशंसा गर्नेहरुले अनेक शब्द खर्चिएका छन् ।
 - सर्वसाधारण मात्र होइन, दलका नेताहरुले नै उनको तारिफ गर्दै तस्वीर शेयर गरेका छन् ।
 - तर, सामाजिक सञ्जालमा वाहवाही खान विद्याको तारिफ गर्ने नेताहरुले बिर्सिए कि विद्याले उनीहरुकै गालामा झापड हानेकी हुन् भनेर ।
 - अहिले राजनीतिक नेतृत्वमाथि चरम अविश्वास र निराशा छ । यही बेला यसरी एउटा सांसद जनतासँगै सार्वजनिक यातायातमा यात्रा गरिरहेको दृश्यले सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।
 - सँगसँगै यसले नेता र सांसदलाई पनि रवाफिलो र अपारदर्शी जीवनशैली त्याग्न पाठ सिकाएको छ । त्यसैले विद्या भट्टराईको फोटो शेयर गर्ने माननीय वा नेताहरु ज्यूहरुले पनि यस्तै सरल जीवनशैली अपनाउने कि ? 
 
                                                                    प्रकाशित मिति: 
                                            आइतबार, वैशाख १४, २०८२
                                        
                                                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                एक्सप्लेनर भिडियो
                                                                        
                                                    सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
                                                                                                                    मंगलबार, कात्तिक १८, २०८२
                                                                                                            
                                                
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    कता अड्कियो चीनको रेल ?
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    





