एक्सप्लेनर भिडियो
निवर्तमान शिक्षामन्त्रीले नेता र सांसदलाई पढाएको पाठ
- एमाले सांसद विद्या भट्टराई चाबहिलमा बस्छिन् । सांसद भट्टराई मिलेसम्म टेम्पो नै चढ्छिन् ।
- १४ चैतमा पनि प्रतिनिधिसभाको बैठक थियो । सांसद भट्टराई टेम्पो चढेर बानेश्वर संसद भवन आइन् ।
- बैठक सकियो, संसद भवनको गेट अगाडि नै टेम्पो भेटियो । उनी अरु बेला झैं सफा टेम्पो चढिन् ।
- उनीसँगै बाहिरिएका एमाले सांसद तारा लामा तामाङले मोबाइल झिके । सांसद भट्टराईले सफा टेम्पो चढेको फोटो खिचे र, सामाजिक सञ्जालमा राखे ।
- क्षणभरमा एमाले सांसद विद्या भट्टराईको फोटो भाइरल भयो । भट्टराईको प्रशंसा गर्नेहरुले अनेक शब्द खर्चिएका छन् ।
- सर्वसाधारण मात्र होइन, दलका नेताहरुले नै उनको तारिफ गर्दै तस्वीर शेयर गरेका छन् ।
- तर, सामाजिक सञ्जालमा वाहवाही खान विद्याको तारिफ गर्ने नेताहरुले बिर्सिए कि विद्याले उनीहरुकै गालामा झापड हानेकी हुन् भनेर ।
- अहिले राजनीतिक नेतृत्वमाथि चरम अविश्वास र निराशा छ । यही बेला यसरी एउटा सांसद जनतासँगै सार्वजनिक यातायातमा यात्रा गरिरहेको दृश्यले सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।
- सँगसँगै यसले नेता र सांसदलाई पनि रवाफिलो र अपारदर्शी जीवनशैली त्याग्न पाठ सिकाएको छ । त्यसैले विद्या भट्टराईको फोटो शेयर गर्ने माननीय वा नेताहरु ज्यूहरुले पनि यस्तै सरल जीवनशैली अपनाउने कि ?
प्रकाशित मिति:
आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
सोमबार, साउन १८, २०८३
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
आइतबार, साउन १७, २०८३
निम्स दाइ : एक अदभूत र साहसी आरोही
शनिबार, साउन १६, २०८३
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
शुक्रबार, साउन १५, २०८३
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
बिहीबार, साउन १४, २०८३
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर
बुधबार, साउन १३, २०८३
ट्रेन्डिङ






