एक्सप्लेनर भिडियो
हितेन्द्रले आफ्नै खुट्टामा हानेको बञ्चरो
- संस्था बलियो बनाउनुपर्नेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य त्यसको उल्टो काम गर्दैछन् ।
- उनीभन्दा अगाडिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई बर्बादै गरेका थिए भन्ने भाष्य बनाउन उनले खुबै मिहिनेत गरेका छन् ।
- प्राधिकरणमा समस्या छ भन्ने देखाउन संस्थाले कमाएकै नाफामाथि पनि प्रश्न उठाउँदैछन् ।
- कार्यकारी निर्देशक शाक्यले विद्युत प्राधिरकणको अवस्थाबारे जानकारी दिन श्वेतपत्र अर्थात् ह्वाइट पेपर तयार गरेका छन् ।
- यसमा उनले विद्युत प्राधिकरण संकटमा छ भन्ने देखाउन प्रयास गरेका छन् । यसका लागि डेटा म्यानुपुलेसन गरेका छन् ।
- हितेन्द्रले श्वेतपत्रबाट देखाउन खोजेको पहिलो कुरा हो, प्राधिकरणले नाफा कमाएपनि हिसाबमा गडबड छ ।
- श्वेतपत्रले देखाउन खोजेको दोस्रो कुरा हो, प्राधिकरण वित्तीय संकटमा छ ।
- विद्युत प्राधिकरणमा अहिले १० अर्ब १० करोड नगद मौज्दात छ । तर श्वेपत्रमा यो मौज्दात रकम दैनिक सञ्चालनका लागि न्युनतम् जगेडा भएको बताएको छ ।
- श्वेतपत्रले बनाउन खोजेको तेस्रो भाष्य हो, कुलमानले धेरै ऋण लिएर आयोजनाहरु अघि बढाए । श्वेतपत्र अनुसार विद्युत प्राधिकरणसँग २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण छ ।
- श्वेतपत्रमा बनाउन खोजिएको चौंथो भाष्य हो, कुलमानको पालामा पनि धेरै लाइन काटिन्थ्यो
- शाक्यले जे–जस्ता स्वार्थमा भएपनि प्राधिकरणलाई कमजोर देखाएर आफ्नो खुट्टामा आफैं बञ्चरो हानेका छन् ।
- किनभने संस्था समस्यामा छ भनेपछि प्राधिकरणलाई विभिन्न आयोजनामा ऋण दिइरहेका दातृ निकाय झस्किने छन् ।
- आगामी आयोजनाहरुमा प्राधिकरणका लागि ऋण लिन अहसज अवस्था बन्नसक्छ ।
प्रकाशित मिति:
सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





