रेशम पक्राउ कर्मचारीको सनक कि षड्यन्त्र ?
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार दिउँसो एकताको घोषणा हुँदै थियो । एकतापछि बन्ने ‘नागरिक जनमत पार्टी’मा रेशम चौधरी पहिलो बरियतामा रहने थिए । त्यसैले नेता कार्यकर्ता उनलाई बधाई दिँदै थिए ।
तर कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमै उनलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी टोली पुग्यो । प्रहरीले सर्वोच्च अदालतले लेखेको पत्र देखायो । अनि, भ्यानमा हालेर डिल्लीबजार कारागारमा पुर्यायो ।
रेशम चौधरी, सर्वोच्च अदालतबाटै जन्मकैदको सजाय पाएका व्यक्ति हुन् । तर उनको सजाय राष्ट्रपतिले माफी मिनाहा गरिसकेका छन् । अनि त्यो माफी मिनाहा विरुद्ध परेको रिटमा पनि फैसला आएको छैन ।
यस्तो अवस्थामा रेशमलाई पक्राउ गर्नुपर्ने कुनै कारण थिएन, तर सर्वोच्चकै पत्र देखाएपछि प्रहरीले पक्राउ गर्यो । अन्तिममा सर्वोच्च अदालतले नै त्यो पत्र फेक हो भन्यो ।
अनि पत्रमा हस्ताक्षर गर्ने शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गर्न प्रहरीलाई अर्को पत्र लेख्यो ।
के एक जना कर्मचारीको गलत कामका कारण रेशम पक्राउ परेका हुन् वा यहाँ अरु राजनीतिक खेल पनि छ ? धेरैले प्रश्न उठाएका छन् ।
हेर्नुहोस् सर्वोच्चका पत्रहरु



भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
निम्स दाइ : एक अदभूत र साहसी आरोही
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य






