शिक्षक आन्दोलनमा कर्मचारीलाई धोका ! अब एक्लै आन्दोलन
विद्यालय कर्मचारीहरुले नेपाल शिक्षक महासंघले धोका दियो भनिरहेका छन् ।
आन्दोलनपछि अस्थायी शिक्षकहरुको बिरामी बिदा सञ्चित हुने भयो र दुर्गम भत्ता पाउने भए । तर विद्यालय कर्मचारीको न बिरामी बिदाको निर्णय भयो न दुर्गम भत्ता । उनीहरुको तलब पनि कति हुने भनेर तोकिएन ।
२९ दिनसम्म चलेको आन्दोलनमा शिक्षक र कर्मचारी सँगसँगै थिए । तर माग चाहिँ शिक्षकको मात्र पूरा भयो, कर्मचारीको माग जस्ताको तस्तै रह्यो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर विद्यालय कर्मचारी परिषदले ७ बुँदे माग सार्वजनिक गरेको छ । र आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
अहिले विद्यालयमा लेखाको काम गर्ने कर्मचारीलाई संघीय सरकारले मासिक १३ हजार ५०० रुपैयाँ तलब दिन्छ । अनि विद्यालय सहयोगीलाई मासिक ८ हजार रुपैयाँ ।
स्थानीय सरकारले लेखापाल र विद्यालय सहयोगी दुबैलाई मासिक ७/७ हजार थपिदिनुपर्ने पनि संघीय सरकारको निर्णय छ । कतिपय स्थानीय तहले संघीय सरकारले भने अनुसार मासिक ७/७ हजार थपिदिएका छन् ।
स्थानीय सरकारले पैसा थपिदिँदा लेखाका कर्मचारीले २० हजार ५०० रुपैयाँ पाउँछन् । अनि विद्यालय सहयोगीले मासिक १५ हजार रुपैयाँ पाउँछन् । तर कतिपय स्थानीय तहले पैसा छैन भनेर दिएका छैनन् ।
आन्दोलनका बेला विद्यालय कर्मचारीको माग लेखाका कर्मचारीको तलब खरिदार सरह ३२ हजार ९०२ हुनुपर्छ भन्ने थियो । अनि विद्यालय सहयोगीलाई निजामती कर्मचारीको श्रेणीविहीन कर्मचारी सरह २६ हजार ८२ रुपैयाँ दिनुपर्छ भन्ने थियो ।
तर कर्मचारीको तलब सरकारले तोके बमोजिम हुने भनेर मात्र लेखियो ।
आन्दोलनमा कर्मचारीको माग किन पूरा भएन ? शिक्षक महासंघका पदाधिकारी भने कर्मचारीहरुले कुरा नबुझेको बताउँछन् । खास भएको के हो ?
                                                    सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    
                    





