एक्सप्लेनर भिडियो
हेटौंडा–नारायणगढ सडक अब ६ लेन, टिकौली जंगलमा फ्लाइओभर
आगामी आर्थिक वर्षदेखि नारायणगढ–हेटौंडा खण्डमा विस्तार थाल्ने तयारी भइरहेको छ ।- भरतपुरको गोन्द्राङबाट हेटौंडासम्मको सडक ६ लेनको बन्ने छ ।
- ७० किलोमिटर लामो यो खण्ड विस्तारको योजना बनिसकेको छ । आगामी जेठ १५ गते आउने बजेटमा पहिलो वर्षको बजेट विनियोजन हुने अधिकारीहरु बताउँछन् ।
- बस्ती नभएका क्षेत्रमा ४ लेन हुनेछ, शहरी क्षेत्रमा ६ लेनको सडक बन्ने छ ।
- चितवनको रत्ननगरदेखि भण्डाराको मार्तल खोलाको पुलसम्म ६ लेन सडक बन्ने छ । त्यहाँदेखि मकवनपुरको बसामाडीसम्म ४ लेनको मात्र सडक हुनेछ । बसामाडीदेखि हेटौंडासम्म भने ६ लेनकै सडक बनाइनेछ ।
- राजमार्ग छेउका बस्तीहरुमा दुबैतर्फ ३.५ मिटरको ‘सर्भिस लेन’ पनि बनाइने छ । सर्भिस
- यो सडकखण्डमा २ किलोमिटरको भायोडक्ट बन्ने छ । भायोडक्ट भनेको जमिनमाथि ओभरहेड ब्रिज अर्थात् फ्लाइओभर हो । टिकौली जंगल भनेर चिनिने चितवन राष्ट्रिय निकुञ्जको बरभण्डार क्षेत्रमा यस्तो भायोडक्ट बनाइनेछ ।
- वन्यजन्तुको वासस्थान र हिँड्ने बाटोमा असर नपर्ने गरी पुल बनाउन प्रस्ताव गरिएको एडीबी निर्देशनालयका निर्देशक चुडाराज ढकाल बताउँछन् ।
- यो सडक खण्ड विस्तारमा सबैभन्दा ठूलो चुनौती भने हेटौंडा बजारमा हुने देखिएको छ ।
- राजमार्गको करिब दुई किलोमिटर खण्ड हेटौंडा बजारमा पर्छ । यहाँ सडक सीमा भित्रै २८५ वटा घर तथा अन्य भौतिक संरचना छन् ।
- मुआब्जा नपाएको दाबी गर्दै स्थानीयले घर भत्काउन सहमति दिएका छैनन् ।
- स्थानीयको सहमति नभई घर भत्काउने हो भने बल प्रयोग गर्नुपर्छ, डोजर चलाउनुपर्छ ।
- तर, एसियाली विकास बैंक (एडीबी) को सहायता भएका परियोजनामा स्थानीयविरुद्ध बल प्रयोग गर्न मिल्दैन ।
- यो खण्ड विस्तारका लागि एडीबीले करिब ३४ अर्ब ऋण दिँदैछ । यो सहुलियत ब्याजदरको ऋण हुने छ ।
- त्यसैले सडक विभागका अधिकारीहरु हेटौंडा बजारमा के गर्ने भन्ने अलमलमा छन् ।
प्रकाशित मिति:
शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





