नेभिगेशन
एक्सप्लेनर भिडियो

अष्ट्रेलियाको चुनावमा ट्रम्प असर, लिबरल पार्टीको लज्जास्पद हार

डोनाल्ड ट्रम्प जहाँ तही छन् । उनीबाट भाग्न सम्भव छैन । अष्ट्रेलियाको चुनावमा पनि ट्रम्पको प्रभाव पर्ने पक्का थियो । 

मात्र प्रश्न थियो, कति ? आइतबार राति त्यसको जवाफ आयो । 

प्रधानमन्त्री एन्थोनी अलबान्सले आश्चर्यजनक रुपमा दोस्रो कार्यकालका लागि लेबर पार्टीलाई आरामदायी बहुमत पाए । तर विपक्षी नेता पिटर डटन र उनको लिबरल नेशनल गठबन्धनले निकै ठूलो क्षति व्यहोर्नुपर्‍यो । 

मत सर्वेक्षणहरुले विपक्षी लिबरल नेशनल गठबन्धनले चुनाव जित्ने देखाएको थियो । 

तर जब अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पले जिते, अष्ट्रेलियाको चुनावी बहसको मुद्दा पनि फेरियो । 

विपक्षी नेता पिटर डटनको ब्राण्ड भनेको हार्डलाइन कन्जरभेटिभ हो । उनी आप्रवासीप्रति कडा नीति लिनुपर्ने मत राख्छन् । अनि चीनका कडा आलोचक पनि । 

डटनले आफू निर्वाचित भएपछि ४० हजार सरकारी जागिर कटौती गर्ने घोषणा गरेका थिए । यस्तै नीतिका कारण उनलाई ट्रम्पसँग तुलना गरिएको थियो । 

र, अष्ट्रेलियन जनताले उनलाई सत्ताको नेतृत्व दिन मात्र होइन, सांसदका रुपमा समेत हेर्न चाहेनन् । 

पिटर डटन आफ्नै चुनाव क्षेत्र डिक्सनमा २४ वर्षपछि पराजित लेबर उम्मेदवारसँग पराजित भए । 

अमेरिकी राष्ट्रपति ट्रम्पका कारण विश्वव्यवस्था नै अस्थिर हुन सक्ने आशंका छ । 

यस्तो बेलामा भएको आम चुनावमा अष्ट्रेलियाली मतदातामा प्रश्न थियो, यस्तो बेलामा देशको नेतृत्व कस्तो हुनुपर्छ ? 

वर्तमान प्रधानमन्त्री एन्थोनी अलबान्स कि पिटर डटनले अष्ट्रेलियामा स्थिरता दिन सक्लान् ? 

अष्ट्रेलियन मतदाताहरुले दक्षिणपन्थी नेतृत्वलाई विश्वास गरेनन् । 

उनीहरु हालका प्रधानमन्त्री अलबान्सकै नेतृत्वको निरन्तरताको पक्षमा देखिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो