नेभिगेशन
एक्सप्लेनर भिडियो

Gen Z लाई स्टार्टअपको ढोक्सा

जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आएर सरकारको नीति तथा कार्यक्रम पढेको धेरैलाई याद होला ।

त्यसमा लेखिएको एउटा विषयले धेरैको ध्यान तानेको हुनुपर्छ– युवा केन्द्रित स्टार्ट अप कार्यक्रम सुरु गर्ने अनि यसमा जेन–जीलाई विशेष प्राथमिकता दिने । 

सरकारी दस्तावेजमा जेन–जीलाई सम्बोधन गरेर आएको सायद यो पहिलो पटक हो ।  यसवर्ष जेनजीलाई सम्बोधन गरेर कार्यक्रम किन ल्याइयो ? अनि जेनजीको आवश्यकता स्टार्ट अप कार्यक्रम मात्रै हो ?

सामान्यतयाः १८ देखि ४० वर्षसम्मका व्यक्तिलाई युवा मानिन्छ । जेन जी चाहिँ युवा र किशोर अवस्थामै छ । 

को हुन् त जे जी ? सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसहरुलाई जेनेरेसन जेड भनिन्छ । यसलाई छोटकरीमा जेनजी भन्ने गरिन्छ । अर्थात् अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहका मानिसहरु जेन–जी हुन् । 

यही पुस्तालाई प्राथमिकतामा राखेर सरकारले आगामी बजेटमा स्टार्टअप कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

सानो पुँजीमा पनि कुनै उद्यम वा व्यवसाय सुरु गर्नु स्टार्टअप हो । स्टार्ट अपको बेसिक कुरा हो, आइडिया अनि पूँजी ।

आइडिया भएपनि पुँजी विना स्टार्टअप सम्भव छैन । जेन जीले आफ्नो आइडिया अनुसार काम गर्न पुँजी पाए भने भविष्यमा सफल व्यवसायी पनि बन्न सक्छन् । अब आशा गरौं, बजेटबाट सरकारले जेन–जीलाई गज्जबकै स्किम देला । 

तर, यस्ता विषयमा कहिले पनि सरकारको कार्यशैली चित्तबझ्दो छैन । विगतमा पनि स्टार्ट अप र इनोभेसनमा सघाउने भन्दै कयौं घोषणा भए । 

कहिले सर्टिफिकेट धितोमा ऋण दिने भनियो त, कहिले काम गर्नेलाई स्वरोजगार कर्जा । अने–अनेक नारा लागे, घोषणा भए । तर, धेरै योजना कागजमै सीमित भए । सरकारले युवालाई बाँडेका कतिपय शीर्षकका अनुदान र कर्जा पनि सरकार र सत्तारुढ दलका कार्यकर्ताले हात पारे । 

त्यसैले सरकारले स्टार्टअप कार्यक्रम ल्याएर जेन–जीलाई देशमै गरिखाने वातावरण बनाउला भन्नेमा आशा र आशंका दुबै छ । थप विवरण भिडियोमा : 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो