नेभिगेशन
एक्सप्लेनर भिडियो
क्रिकेट

लिग टू सिरिजका लागि नेपाली टिममा को को पर्लान् ?

स्टुअर्ट ल आफैंमा ठूलो नाम हो । रोय डायसपछि नेपालले पाएको माथिल्लो स्तरको क्रिकेट खेलेर आएका प्रशिक्षक पनि । त्यसैले स्टुअर्ट लको प्रशिक्षणमा नेपालले कस्तो क्रिकेट खेल्ला ? 

स्टुअर्ट लको नेतृत्वमा खेलिने लिग टू सिरिजका लागि नेपाली टोलीमा को को हुन्छन् भन्न हतार हुन्छ । तर कोर क्याम्पमा भएको प्रदर्शन र त्यसका आधारमा छनोट भएका २५ खेलाडीका आधारमा केही चाहिँ भन्न सकिन्छ । 

नेपाली टोलीमा तीन फास्ट बलर हुने छन्, सोमपाल कामी, करण केसी र नन्दन यादव ।

तीन जना स्पिनर अटाउन सक्छन् ।

ललित नारायण राजवंशी अहिले नेपालका नम्बर वान लेफ्ट आर्म स्पीनर भइहाले । उनी नेपाली टोलीका निर्विकल्प सदस्य हुन् । सन्दीप लामिछाने पनि राष्ट्रिय टोलीका अनिवार्य सदस्य भइहाले । तेस्रो स्पीनर शाहब आलम हुनेछन् । 

लेफ्ट आर्म स्पिनर आलम अहिले लयमा पनि छन् । कोर क्याम्पमा नेपाल रेडबाट खेलेका उनले युवराज खत्रीसँग समान ९ विकेट लिएका थिए । 

व्याटिङ युनिटतर्फ ५ जना नियमित सदस्यमै पर्छन् । कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, रोहितकुमार पौडेल र, दीपेन्द्र सिंह ऐरी । 

अर्को ब्याट्सम्यानका रुपमा मुख्य प्रशिक्षक लले भीम सार्कीलाई टिममा स्थान दिन सक्छन् । 

सातौं नम्बरको ब्याट्सम्यानमा लेफ्ट ह्याण्डेड लैजाने हो भने दिलिप नाथ विकल्प हुन सक्छन् । 

गुल्सन झालाई अलराउण्डर पनि मान्न सकिन्छ, ब्याटिङ युनिटमा पनि राख्न सकिन्छ । तर उनी पनि लिग टू खेल्ने नेपाली टोलीमा पर्नेमा कुनै शंका छैन । 

यति गर्दा टिममा १४ जना भइसके । १५ सदस्यीय टोली बनाउने हो भने अब बाँकी रह्यो एक सिट । स्कटल्याण्डको कण्डिसनअनुसार यो सिटमा फास्ट बलर लैजाने सम्भावना छ । यसमा प्रतिश जिसी र रिजन ढकाल विकल्प हुन् । 

यसबाहेक पनि दुुई क्रिकेटर छन्, जसले ओडीआई टिममा स्थान बनाउन सक्छन् । 

बसिर अहमद र आसिफ शेख । तर उनीहरुलाई लैजाने हो भने कसैलाई छोड्नुपर्ने हुन्छ । 

लिग टूको त्रिकोणात्मक सिरिजपछि टी–२० सिरिज पनि खेल्ने तालिका छ । यसमा भने प्रशिक्षक लले नयाँ खेलाडीहरुलाई पनि मौका दिएर हेरौं न भन्न सक्छन् । त्यसो भएमा कसले अवसर पाउन सक्छन् त ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो