१६ वर्षमै विवाह गर्न पाइने, सँगै बस्न नपाइने !
२०७५ साल भदौ १ देखि मुलुकी अपराध संहिता लागू भयो, जसमा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनिएको छ ।
यदि गरिहालेमा त्यस्तो विवाह स्वतः बदर हुन्छ । अनि यस्तो विवाह गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार जरिवाना तोकिएको छ ।
तर सरकारले मुलुकी अपराध संहिताको यही व्यवस्था संशोधन गर्न खोज्दैछ ।
अनि सरकारको प्रस्ताव भने अनौठो छ ।
मुलुकी अपराध संहिताको संशोधन विधेयकको मस्यौदामा के प्रस्ताव छ, ‘१६ वर्ष भन्दा माथि उमेर भएका व्यक्तिले आपसी मञ्जुरीमा विवाह गरेकामा त्यस्ता व्यक्ति २० वर्ष उमेर नपुगेसम्म अलग अलग बस्न मञ्जुर भएमा निजलाई अनुसन्धान अधिकारीले कागज गराइ छाड्न सक्नेछ ।’
यदि यो प्रस्ताव हुबहु पास भएर कानुन बन्ने हो भने १६ वर्ष भन्दा कम उमेरमा विवाह गराए मात्र स्वतः बदर हुन्छ ।
१६ वर्ष कटेपछि विवाह भएको रहेछ भने बदर हुँदैन । तर विवाह गराउनेलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ ।
अनि विवाहित किशोर किशोरीले अलग अलग बस्न चाहेमा पनि पाउने परिकल्पना गरिएको छ । विवाह गर्न मिल्ने सँगै बस्न नमिल्ने गरी यो कस्तो प्रस्ताव गरिएको होला ? विस्तृत विवरण भिडियोमा :
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




