एक्सप्लेनर भिडियो
भैरहवा विमानस्थलमा नटिकेको सरकारी झुट
- गत १३ चैतमा अर्थमन्त्री विष्णु पौडेलले भैरहवा पुगेर भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखायौं ।’ रुपन्देही घर भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि यो काम आफ्ना पहलमा सम्भव भएको देखाउनु थियो ।
- यतिबेला भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका थिए । यति भएपछि सरकारले भन्न त पायो, ‘हामीले पहल गर्यौं, भैरहवा एयरपोर्ट चल्यो ।’
- त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहलबाटै भैरहवा विमानस्थल चल्न थालेको भनेर छाति पिट्थे । पर्यटनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि आफैंलाई जस दिए ।
- गौतमबुद्ध विमानस्थलका प्रमुख प्रतापबाबु तिवारी पनि यही होडबाजीमा थिए । त्यसैले सरकारको प्रगति विवरणहरुमा पनि यो कामको वर्णन भयो ।
- धेरैलाई लाग्यो, हो रहेछ, सरकारले चाह्यो र गरेर देखायो ।
- तर, यथार्थमा यो अवस्था सरकार र कुनै सरकारी मान्छेको प्रयास र पहलमा सम्भव भएको थिएन । यो बाध्यताले सिर्जना गरेको संयोग मात्रै थियो ।
- यसलाई सरकारले आफ्नो पहलबाट सम्भव भएको भनिरहेको थियो । सरकारको झुठको खेती ६ महिना पनि टिकेन । चैतबाट भैरहवा विमानस्थलमा फेरि सन्नाटा दोहोरियो ।
- किन त ? हेर्नुस् यो भिडियो एक्सप्लेनर ।
प्रकाशित मिति:
शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र
शुक्रबार, साउन १६, २०८२

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध
बिहीबार, साउन १५, २०८२

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै
मंगलबार, साउन १३, २०८२

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द
सोमबार, साउन १२, २०८२

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
शनिबार, साउन १०, २०८२

एउटा मन्दिरले निम्त्याएको थाइल्याण्ड र कम्बोडिया सैन्य संघर्ष
शुक्रबार, साउन ९, २०८२
ट्रेन्डिङ