बालमन्दिर जग्गा काण्ड : राम्ररी अनुसन्धान नै नभई अदालतमा मुद्दा
नेपालमा भ्रष्टाचार, अनियमितता र ठगीका धेरै काण्डमध्ये एउटा काण्डको बालमन्दिर जग्गा काण्ड ।
अनाथ बालबालिकाको भरण पोषणका लागि भनेर २०२१ सालमा सरकारले नेपाल बाल संगठन अर्थात् बाल मन्दिरलाई १०२ रोपनी जग्गा दिएको थियो ।
योमध्ये २९ रोपनी जग्गा बाल संगठनका सञ्चालकले कानुन विपरीत अपारदर्शी रुपमा एउटा व्यापारिक घरानालाई कौडीको मूल्यमा भाडामा दिए । त्यो पनि २/४ वर्षलाई होइन, ८३ वर्षसम्म उपयोग गर्न पाउने गरी ।
यो काण्डमा संलग्नलाई राज्यशक्तिको आडमा उन्मुक्ति दिने त होइन भन्ने आम चासो थियो । बल्ल बल्ल १७ जनाविरुद्ध वैशाख २४ गते काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ ।
तर मुद्दा दर्ता भएपनि अनुसन्धान यति कमजोर छ कि, अभियुक्तहरुलाई सजाय होला कि नहोला भन्ने प्रश्न उठेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १७ जनालाई ७ वर्ष कैद र ७० हजार जरिवानाको सजाय मागेको छ । अनि उनीहरुबाट नेपाल बाल संगठनलाई ६० करोड रुपैयाँ क्षति पुर्याएको दाबी गरिएको छ ।
मुद्दा लाग्नेमा नेपाली कांग्रेसका नेता तथा हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह पनि छिन् ।
बालमन्दिर जग्गा काण्ड के हो ?, यसमा संलग्नहरु को को हुन् र उनीहरुलाई जोगाउन के के प्रयास भए र अन्तिममा कसरी अदालतसम्म मुद्दा पुग्यो ? विस्तृत विवरण भिडियोमा
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




