नेभिगेशन
एक्सप्लेनर भिडियो

बालमन्दिर जग्गा काण्ड : राम्ररी अनुसन्धान नै नभई अदालतमा मुद्दा

नेपालमा भ्रष्टाचार, अनियमितता र ठगीका धेरै काण्डमध्ये एउटा काण्डको बालमन्दिर जग्गा काण्ड ।  

अनाथ बालबालिकाको भरण पोषणका लागि भनेर २०२१ सालमा सरकारले नेपाल बाल संगठन अर्थात् बाल मन्दिरलाई १०२ रोपनी जग्गा दिएको थियो । 

योमध्ये २९ रोपनी जग्गा बाल संगठनका सञ्चालकले कानुन विपरीत अपारदर्शी रुपमा एउटा व्यापारिक घरानालाई कौडीको मूल्यमा भाडामा दिए । त्यो पनि २/४ वर्षलाई होइन, ८३ वर्षसम्म उपयोग गर्न पाउने गरी । 

यो काण्डमा संलग्नलाई राज्यशक्तिको आडमा उन्मुक्ति दिने त होइन भन्ने आम चासो थियो । बल्ल बल्ल १७ जनाविरुद्ध वैशाख २४ गते काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ । 

तर मुद्दा दर्ता भएपनि अनुसन्धान यति कमजोर छ कि, अभियुक्तहरुलाई सजाय होला कि नहोला भन्ने प्रश्न उठेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १७ जनालाई ७ वर्ष कैद र ७० हजार जरिवानाको सजाय मागेको छ । अनि उनीहरुबाट नेपाल बाल संगठनलाई ६० करोड रुपैयाँ क्षति पुर्‍याएको दाबी गरिएको छ । 

मुद्दा लाग्नेमा नेपाली कांग्रेसका नेता तथा हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह पनि छिन् । 

बालमन्दिर जग्गा काण्ड के हो ?, यसमा संलग्नहरु को को हुन् र उनीहरुलाई जोगाउन के के प्रयास भए र अन्तिममा कसरी अदालतसम्म मुद्दा पुग्यो ? विस्तृत विवरण भिडियोमा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो