ओभरलोडको जोखिममा राजमार्गका पुलहरु
ओभरलोड बोकेका ट्रकहरु, जो राजमार्गमा निस्फिक्री गुड्दैछन् ।
रोक्नुपर्ने प्रहरी र सरकारी निकाय आँखा चिम्लेर बसेका छन् ।
यस्तो ओभरलोडका कारण राजमार्गकै पुलहरु एकपछि अर्को गर्दै भासिँदैछन्, अनि भाँचिदैछन् ।
यही कारण राजमार्गमा यात्रुको ज्यान जोखिममा छ ।
को हो यसमा दोषी ? किन हुँदैन कारणको खोजी ?
वैशाख २९ गते राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचियो । नारायणगढ–बुटवल सडक खण्ड नै अवरुद्ध भयो ।
मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजार नजिकको गिरुबारी पुल एक भाग भासिएको छ ।
क्लिङ्कर बोकेर होङ्सी सिमेन्ट कम्पनीबाट वीरगञ्जतर्फ जाँदै गरेको टेलर पुलमाथि आइपुगेका बेला पुल भासिएको हो ।
पुल लच्किएर डेढ फिट तल धसिएको छ । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग भएर गन्तव्यमा हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिनुपर्यो ।
यो खण्डमा यस्तो भएको पहिलो पटक होइन ।
गत पुस २६ गते पूर्वी नवलपरासीको दुम्कीबासमा पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको ७४ चक्के गाडी विनयी खोलामाथिको पुलसँगै खोलामा खसेको थियो ।
भारतबाट शिवम् सिमेन्टको मेसिनरी प्लान्ट बोकेर आएको ट्रक पुलमाथि गुडिरहँदा यस्तो भयानक दुर्घटना हुन पुगेको थियो ।
राष्ट्रिय राजमार्गमा यस्ता कहाली लाग्दो घटना के कारणले भइरहेका छन् ?
करिब ६० टनसम्म लोड बोकेका गाडीलाई सडक सुरक्षाको विश्लेषण समेत नगरी किन चल्न दिइँदैछ ? विस्तृत जानकारी भिडियोमा :
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




