ओभरलोडको जोखिममा राजमार्गका पुलहरु
ओभरलोड बोकेका ट्रकहरु, जो राजमार्गमा निस्फिक्री गुड्दैछन् ।
रोक्नुपर्ने प्रहरी र सरकारी निकाय आँखा चिम्लेर बसेका छन् ।
यस्तो ओभरलोडका कारण राजमार्गकै पुलहरु एकपछि अर्को गर्दै भासिँदैछन्, अनि भाँचिदैछन् ।
यही कारण राजमार्गमा यात्रुको ज्यान जोखिममा छ ।
को हो यसमा दोषी ? किन हुँदैन कारणको खोजी ?
वैशाख २९ गते राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचियो । नारायणगढ–बुटवल सडक खण्ड नै अवरुद्ध भयो ।
मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजार नजिकको गिरुबारी पुल एक भाग भासिएको छ ।
क्लिङ्कर बोकेर होङ्सी सिमेन्ट कम्पनीबाट वीरगञ्जतर्फ जाँदै गरेको टेलर पुलमाथि आइपुगेका बेला पुल भासिएको हो ।
पुल लच्किएर डेढ फिट तल धसिएको छ । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग भएर गन्तव्यमा हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिनुपर्यो ।
यो खण्डमा यस्तो भएको पहिलो पटक होइन ।
गत पुस २६ गते पूर्वी नवलपरासीको दुम्कीबासमा पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको ७४ चक्के गाडी विनयी खोलामाथिको पुलसँगै खोलामा खसेको थियो ।
भारतबाट शिवम् सिमेन्टको मेसिनरी प्लान्ट बोकेर आएको ट्रक पुलमाथि गुडिरहँदा यस्तो भयानक दुर्घटना हुन पुगेको थियो ।
राष्ट्रिय राजमार्गमा यस्ता कहाली लाग्दो घटना के कारणले भइरहेका छन् ?
करिब ६० टनसम्म लोड बोकेका गाडीलाई सडक सुरक्षाको विश्लेषण समेत नगरी किन चल्न दिइँदैछ ? विस्तृत जानकारी भिडियोमा :

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
