एक्सप्लेनर भिडियो
२ अर्बमा बनेको टावर बन्दैछ सेल्फी पोइन्ट
- झण्डै २ अर्बको लगानी, ५ विगाहमा बनेको भव्य टावर ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्ट ।
- व्यापारिक केन्द्र बनाउने भनेर खडा गरिएको कम्प्लेक्स ।
- तर, बन्दैछ सेल्फी पोइन्ट ।
- सरकारको लगानीमा बनेको यति महँगो संरचना सञ्चालनबारे अहिलेसम्म सरकार निर्णय नपुग्दा सम्भावित राजस्व गुमिरहेको छ ।
- नेपालमा प्राथमिकता र आवश्यकतामा आधारित भएर विकास आयोजना कार्यान्वयन भइरहेका छैनन् भन्ने गतिलो प्रमाण हो, दमक भ्यूटावर ।
- पहुँच भएका भएकाले आफूलाई मन लागेको ठाउँमा कसरी अनुत्पादक खर्च गरिररहेका छन् भन्ने यो भन्दा प्रष्ट प्रमाण अरु हुनसक्दैन ।
- राजनीतिक तथा आर्थिक लाभका लागि ठेक्का लगाइहाल्ने र पैसा खर्च गरिहाल्ने उद्देश्यले मात्रै तयार गरिएका पूर्वाधारले प्रतिफल दिनसक्दैनन् । अहिले सरकारसामु दमक भ्यूटावरलाई भुत बंगला बन्न नदिने चुनौती छ ।
- यो भिडियोमा प्रधानमन्त्रीले राज्यस्रोतको दोहन गरेर निर्माण गराएको दमक भ्यूटावर कसरी सेतो हात्ती बन्दैछ भन्ने चर्चा गरिएको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





