सीईओको राजीनामा माग्दै केयूकेएलका कर्मचारी आन्दोलनमा
केही दिनदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरु काम छाडेर आन्दोलनमा छन् ।
उनीहरुको एउटै माग हो, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार पौडेलको राजीनामा । पौडेलले राजीनामा नदिए सरकारले नै पदमुक्त गर्नुपर्ने उनीहरुको माग छ । उनीहरु दैनिक रुपमा सीईओ कार्यकक्ष घेर्न पुग्छन् ।
केयूकेएल त्यही संस्था हो, जसले काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्छ, ढल प्रणालीको मर्मत सम्भार गर्छ । मेलम्चीको पानी समेत केयूकेएलमार्फत नै वितरण हुन्छ ।
यो कम्पनीमा अशोककुमार पौडेल २०८० चैत २ गते सीईओ नियुक्त भएका थिए । उनी इन्जिनियर होइनन्, राष्ट्र बैंकका पूर्वजागिरे हुन् ।
नियुक्तिका लागि एड्भान्स घुस दिएको विषयमा उनी केयूकेएलमा नआउँदै विवादमा तानिएका थिए । केयूकेएल सञ्चालक समितिले नियुक्ति पौडेललाई नियुक्तिपत्र दिन नपाउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयले यसबारे छानबिन अघि बढाएको थियो ।
तर, केयूकेएलका तत्कालीन अध्यक्ष तिरेशकुमार खत्रीले पौडेललाई नै सीईओ नियुक्त गरेका थिए । सेटिङमा सीईओ बनाएको भन्दै कर्मचारीहरु सुरुदेखि नै बेखुश थिए । तर नयाँ नेतृत्वले संस्था सुधार्छ कि भन्ने आशा पनि थियो । किनभने यसअघिका सीईओ मिलन शाक्यले पनि संस्था सुधारमा काम गर्न सकेका थिएनन् ।
तर पौडेल आएपनि त झन् भद्रगोल भयो । संस्थाको बक्यौता बढिरहेको छ । असन्तुष्ट कर्मचारीहरुको माग सम्बोधन नगरिँदा खानेपानी र ढल प्रणालीको मर्मत सम्भार प्रभावित छ । महसुल संकलन निराशाजनक छ ।
मेलम्चीको खानेपानी वितरण समानुपातिक ढंगले हुन सकेको छैन । संस्था कचिंगलमा फसेपछि नयाँ धारा जडानको काम प्रभावित भएको छ । मिटर जडान र मिटर रिडिङको काम नियमित ढंगले हुन सकेको छैन ।
त्यसमाथि भएका जनशक्तिको उपयोग नगरी कम्पनीमा निजी ठेकेदार कम्पनीबाट कर्मचारी भर्ती गरेका छन् । सीईओ पौडेलले विगतमा कर्मचारीसँग गरेको सहमति पनि नमान्ने बताएका छन् ।
यसका कारण केयूकेएलका कर्मचारी ट्रेड युनियनहरु रुष्ट मात्रै भएनन्, गत वैशाख १५ गते नै पौडेललाई ३१ वैशाखभित्र राजीनामा दिन अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाए । तर, पौडेलको राजीनामा आएन । थप विवरण भिडियोमा :
सांसद तर्साउने रास्वपाको अस्त्र राइट टु रिकल
आशिका 'दिदी'ले बदलेको मैदान, फेरिएला त शैली ?
रास्वपाले गर्न सक्छ कर्मचारीको दलीय ट्रेड युनियन खारेज
बालेन ५ वर्ष सरकार चलाऊ, संविधान नचलाऊ
जेन-जी माननीयहरु

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

