शिक्षकलाई मासिक तलब, अस्थायीलाई स्थायी बन्ने मौका
शिक्षकहरुको एक महिना लामो सडक आन्दोलन । त्यसको दबावमा सांसदहरुको ४५ दिन लामो छलफल ।
यसको नतिजास्वरुप विद्यालय शिक्षा विधेयकका धेरै विवादित विषय मिलेका छन् । अब शिक्षा ऐन छिट्टै जारी हुन्छ कि भन्ने आशा देखिएको छ ।
नेपालको १२ कक्षासम्मको पढाइलाई बाटो देखाउने कानुन हो, विद्यालय शिक्षा ऐन ।
यसमा विद्यालयको स्थापना, पाठ्यक्रम, शिक्षक–कर्मचारीहरुको नियुक्ति सरुवा, बढुवा, कारबाही जस्ता यावत विषय छन् ।
शिक्षा विधेयकमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ११ सदस्यीय उपसमितिले विवादित विषयमा सहमति जुटाएको छ ।
सबै राजनीतिक दलका सांसदहरु समितिमा भएकाले यो उपसमितिले लेखेका कुराहरु नै अब कानुनका रुपमा आउने हो ।
यो भिडियोमा हामीले उपसमितिको प्रतिवेदनका भएका मुख्य विषय उल्लेख गरेका छौं ।
जसमा प्रधानाध्यापकको नियुक्ति, शिक्षक बढुवा, सरुवा, शिक्षकको आन्तरिक परीक्षा, निजी विद्यालय, विद्यालय कर्मचारी आदिका विषयमा प्रतिवेदनमा के छ भन्ने कुरा विस्तृतमा छ ।
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा





