सुनिल पौडेल : अधिकृत भएर सिंहदरबार छिरे, करोडौं भ्रष्टाचार गरेर जेल पुगे
राष्ट्रसेवक कर्मचारी, जसको राम्रो पद, प्रतिष्ठा र जीवनशैली छ ।
त्यही कर्मचारीलाई जब रातारात करोडौंको मालिक बन्न मन लाग्छ ।
अनि पैसाका आडमा राज्य संयन्त्रलाई समेत काबुमा राख्ने महत्वकांक्षा जाग्छ ।
यो तिनै कर्मचारी सुनिल पौडेलको कथा हो, जो आफ्नो कर्तव्य भुलेर कमाउने धन्दामा लाग्दा एउटा मुद्दामा दोषी ठहर भएर जेलमा छन् ।
उसमाथि एकपछि अर्को भ्रष्टाचार, अनियमितता र सम्पत्ति शुद्धीकरणको मुद्दा थपिंदैछ । ४ वटा मुद्दामाथि अझै कति मुद्दा थपिने हो टुंगो छैन ।
सन् २००४ मा करारका प्रशासकीय अधिकृत भएर एनआईटीसीमा प्रवेश गरेका थिए कम्प्युटर इन्जिनियर सुनिल पौडेल । उनका बाबु योगराज पौडेल सरकारी सेवामा थिए । उनको सोर्सफोर्सका बलमा सुनिलले राष्ट्रिय सूचना प्रविधि एनआईटीसीको प्रशासन हेर्ने गरी सिंहदरबारमा इन्ट्री मारे ।
८ वर्षसम्म उनले कम्प्युटर इन्जिनियरका रुपमा काम गरे । त्यतिबेलासम्म उनी विवादमा परेका थिएनन् ।
सन् २०१२ मा उनी एनआईटीसीको सहायक निर्देशकमा बढुवा भए । उनको भूमिका फेरियो, दायित्व बढ्यो ।
सन् २०१४ बाट सुनिलको हिमचिम त्यस्तो व्यक्तिसँग हुन थाल्यो, जो आईटीबारे अनभिज्ञ सरकारी संयन्त्रलाई कि गुमराह राखेर, नभए प्रभावमा पारेर लाभ लिन खप्पिस थियो ।
उनी थिए, विकल पौडेल । विकल राजनीतिक आडमै एनआईटीसीमा सोझै उपनिर्देशक भएर आएका थिए ।
विकललाई त्यतिबेला सरकारी मान्छेहरु आईटीको मास्टर माइन्ड मान्थे, सरकारी निकायहरुले नयाँ प्रणालीहरुको डिजाइन र खरिद गर्नुपरे विकलसँग परामर्श लिन्थे ।
एनआईटीसीमा विकल आएपछि उनीसँग सुनिलको सम्बन्ध झांगियो, विकलले आफूभन्दा जुनियर सुनिललाई सारथि बनाए ।
विकल सरकारी निकाय भन्दा बाहिरबाट पनि काम लिन्थे, सुनिल विकलले लगाएका कामहरु गर्थे । विकलसँगको संगतले सुनिलमा पनि विकलका गुणहरु सर्दै गए । त्यसपछि के के भयो यो भिडियोमा :

प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित

बजेटबारे छलफलमा बालेन, तर यस्ता छन् अडान

कान्छा सहससचिवविरुद्ध भ्रष्टाचार मुद्दाको नालीबेली

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

बजेटमा प्रकाशमानको ब्रम्हलुट, पार्टी कार्यालय बनाउन बाँडे ३३ करोड
