भिजिट भिसामा असुली धन्दा, अध्यागमनमा यसरी हुन्छ सेटिङ
गृह मन्त्रालयकै सहसचिव तीर्थराज भट्टराईसहित केही अध्यागमन अधिकारी पक्राउ परेका छन् ।
अख्तियारले विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ ।
यसले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी र त्यसको आडमा विमानस्थलमा मौलाएको प्रिपेड घुस उदाङ्गो बनाएको छ ।
सँगै राजनीतिक प्रभाव र दबावमा यो अनुसन्धान पनि फासफुस त हुने होइन भन्ने आशंका पनि उत्तिकै छ ।
गृह मन्त्रालयले जेठ ६ गते हतार हतार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन, अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईको सरुवा गर्यो । उनलाई गृहमा तानेर अध्यागमनमा विष्णुप्रसाद कोइराला पठायो ।
७ महिना अगाडि मात्र अध्यागमन पुगेका भट्टराईको हतार हतार सरुवा किन होला भन्ने बुझ्न धेरै कुर्नै परेन । सरुवाको पत्र बुझन नपाउँदै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहसचिव भट्टराईलाई नियन्त्रणमा लियो ।
अख्तियारले मोबाइल लगायतका डिभाइस बरामद गरेर अनुसन्धान थालेको छ ।
तर पक्राउ गर्नू पूर्वकै अख्तियारको सूचनाले भन्छ, भट्टराईको नेतृत्वमा भिजिट भिसामा विदेश जानेहरुसँग पैसा असुली धन्दा चलिरहेको थियो । थप विवरण भिडियोमा
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा





