विदेशमा रुँदैछन् अलपत्र नेपाली, सुन्दैन सरकार
एक महिनादेखि साउदीको मक्का क्षेत्रमा १० जना नेपाली अलपत्र छन् । उनीहरुको खाने बस्ने टुंगो छैन । काम पाएका छैनन् ।
रोजबड ह्युमन रिसोर्स कम्पनीमार्फत साउदी अरेबिया गएका उनीहरु रातभर मरुभूमिमा पर्यौं भनिरहेका छन् । पुलिसले जति बेला पनि समात्न सक्छ भनेर डराएका छन् । खान पाइएन भनेर गुनासो गरिरहेका छन् । उनीहरुको माग कि काम देऊ कि उद्दार गर भन्ने हो ।
उनीहरुलाई म्यानपावर कम्पनीले क्लिनरको काम गर्ने भनेर सप्लाइ कम्पनीमा पठाएको थियो । ऋण गरेर साउदी पुगेका उनीहरु फस्यौं भन्दै उद्धारको अपील गरिरहेका छन् ।
उनीहरुको पीडा न साउदीस्थित नेपाली दूतावासले सुनेको छ, न म्यानपावर कम्पनी नै जिम्मेवार बनेको छ ।
रोजबड म्यानपावर त अहिले हज यात्राको समय भएकाले यस्तो अवस्था आएको भनेर टारिरहेको छ । केहीलाई काम दिएको भनेर उम्किरहेको छ ।
कम्पनीका निर्देशक लोकनाथ खनाललाई हामीले किन यस्तो भयो भनेर सोधेका थियौं । उनले गैरजिम्मेवार जवाफ दिए । उल्टै अलपत्र परेका युवामाथि अनेक आरोप लगाए ।
साउदीमै सेन्दान इन्टरनेशनल कम्पनीमा पनि ४६९ जना नेपाली पनि अलपत्र छन् । उनीहरु ६ महिनादेखि तलब पाएका छैनन् । उनीहरुलाई काम दिएको कम्पनी संकटग्रस्त छ ।
कम्पनीले रोकिएको तलब दिन मानेको छैन । घर फर्किनेलाई टिकट समेत दिएको छैन । यति ठूलो संख्यामा नेपालीहरु समस्या पर्दा समेत दूतावासले बलियो कूटनीतिक पहल गर्न सकेको छैन ।
चौतर्फी आलोचनापछि दूतावास कामदारका तर्फबाट मुद्दा लड्न लागेको छ । टाट पल्टिएको यो कम्पनीबाट ३०२ जनाले नेपाल फर्किने इच्छा व्यक्त गरेका छन् ।
बाँकी अरुले भने कम्पनी फेरेर भएपनि साउदीमै बस्न चाहेका छन् । फर्किन चाहनेलाई एक्जिट परमिट दिन समेत अनाकानी भइरहेको छ । कम्पनी फेर्न पनि साउदी सरकारले अनुमति दिइसकेको छैन । श्रमिकहरु आफूहरुका लागि सरकार नै नभएको गुनासो गरिरहेका छन् ।
थप जानकारी यो भिडियोमा

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
