सवारी रोकेर नागढुंगाको सडकमा सुस्त काम
नागढुंगा, काठमाडौंको प्रवेश गर्ने मुख्य नाका हो । काठमाडौंमा खाद्यान्न, फलफूल, तरकारी, इन्धन लगायत दैनिक उपभोग्यदेखि लत्ताकपडा, भाँडाकुँडा, मेसिनरीसहित सबैजसो वस्तुहरु आपूर्ति गर्ने मुख्य नाका यही हो । यही नाका भएर करिब ६५ जिल्लाका यात्रु काठमाडौं आवातजावत गर्छन् ।
तर त्यही बाटोको अवस्था निकै खराब छ । नागढुंगा नौबीसे खण्ड करिब करिब १२.२ किलोमिटरको छ । डेडिकेटेड २ लेनमा विस्तार भइरहेको नागढुंगा–मुग्लिन खण्डको अधिकांश कालोपत्रे धेरै ठाउँमा उप्किएको छ, ठूला खाल्डाहरु बनेका छन् । उकालो–ओरालो सडकमा सवारी साधनहरु बडो सकससँग कुद्छन् ।
यो खण्डमा चल्ने सवारीका लागि नागढुंगाको उकालो नै सबभन्दा ठूलो सकस हो । अझ लोड बोकेर आएका मालबाहक सवारीलाई बिग्रिएको बाटोमा उकालो लाग्नै सकस पर्छ । अझ एउटा सवारी साधान विग्रिदियो भने घन्टौं जाम हुन्छ ।
नागढुंगादेखि नौबिसेसम्मको सडक विस्तारका लागि सडक विभागले जेठ २०७९ मा ठेक्का लगाएको थियो । १ अर्ब ५० करोडमा जियाङ्सु–सगुन जेभीले ठेक्का पायो । सम्झौताअनुसार यो सडकमा जेठ २०८१ मै सकिनुपर्ने थियो ।
तर अहिलेसम्म यो खण्डमा ७७ प्रतिशत मात्रै काम भएको छ । समयमै पोल सार्न नसकेको, रुख काटानको काममा ढिलाइ भएको र घर टहार हटाउन पनि समय लागेको ठेकदारको तर्क छ ।
काम त भइरहेको छ, तर अहिले पनि ठेकेदार कम्पनीले ठूलो संख्यामा कामदार खटाउन सकेको छैन । त्यसैले पछिल्लो पटक थप भएको म्यादअनुसार आगामी साउनसम्म पनि काम सकिने सम्भावना छैन ।
यही बेला अहिले सिस्नेखोलाको सुरुङ मार्गभन्दा माथि कम्तीमा ७ मिटरको इन्टरमिडियट लेन बनाउन काम हुँदैछ । कसरी भइरहेको छ त काम ? नेपाल शोले फिल्डबाट तयार गरेको यो भिडियो हेर्नुस् ।

प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित

बजेटबारे छलफलमा बालेन, तर यस्ता छन् अडान

कान्छा सहससचिवविरुद्ध भ्रष्टाचार मुद्दाको नालीबेली

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

बजेटमा प्रकाशमानको ब्रम्हलुट, पार्टी कार्यालय बनाउन बाँडे ३३ करोड
