एक्सप्लेनर भिडियो
नागढुंगा सुरुङमार्ग घुमेर हेर्दा ...
- नागढुंगामा बनिरहेको सुरुङमार्गमा ८८ प्रतिशत काम सकिएको छ । सुरुङभित्रको सडक ढलान भइसकेको छ । सुरुङको फिनिसिङ पनि लगभग सकिसकेको छ ।
- अहिले अस्थायी बत्तीहरु मात्रै बालिएको छ । अब स्थायी लाइट बलेपछि सुरुङमार्ग यो भन्दा उज्यालो हुनेछ ।
- यहाँ ठूला पंखा र सीसी टीभी जडानको काम भइसकेको छ । सानो आकारको रेस्क्यु (उद्धार) सुरुङ पनि तयार छ ।
- २.६८ किलोमिटरको नागढुंगा सुरुङमार्ग सम्म पुग्न थानकोट चेकपोस्ट नजिकैको किसिपिडी क्षेत्रमा फ्लाइओभर बनाइएको छ ।
- यो फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो फ्लाइओभर १२८ मिटर लामो छ । यसलाई जोड्न दुई तिरबाट उकालो सडक अर्थात् र्याम्प तयार गरिएको छ ।
- सुरुङ चलेपछि यो ठाउँमा सुरुङमार्ग र कलंकी–नागढुंगातर्फ आउने–जाने कुनै गाडीहरु जाममा बस्नुपर्ने छैन ।
- फ्लाइओभरबाट सुरुङमार्गको मुखसम्म पुग्न डेडिकेटेड दुई लेनको सडक बनाइएको छ । खेतको बीचमा बनेको यो सडक २.८७ किलोमिटर लामो छ । ११ मिटर फराकिलो चिल्लो सडकमा गाडी गुडाउनुको मज्जा नै बेग्लै हुनेछ ।
- स्थानीय बासिन्दाको आवतजावतका लागि दायाँ–दायाँ नै एक एक लेनका दुई वटा सडक पनि बनाइएको छ ।
- यो सडक हुँदै पुगिन्छ, सुरुङमार्गको मुखमा । गाडीहरुले तोकिएको शुल्क तिरेपछि मात्र सुरुङमार्ग भएर यात्रा गर्न पाउँछन् ।
- भविष्यमा यो सुरुङमार्ग भएर काठमाडौं भित्रिँदा माइक्रोबस र चारपांग्रे गाडीले ७५ रुपैयाँ तिर्नुपर्नेछ । बहिरिँदा ५० रुपैयाँ । मिनि बस ट्रक र टिपरले काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
- ट्रक र बसले भित्रिँदा २५० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने छ । अनि लरी अर्थात् हेभी गाडीले काठमाडौं भित्रिँदा ५०० र बाहिरिँदा ३०० रुपैयाँ तिर्नुपर्ने छ ।
- मोटरसाइकल र स्कुटरले सुरुङमार्ग प्रयोग गर्न पाउँदैनन् । ग्यास र डिजेल पेट्रोल बोकेका गाडीलाई पनि यहाँ इन्ट्री दिइनेछैन ।
- यो सुरुङमार्गको सबै काम आगामी कात्तिक ७ गतेसम्म सक्ने लक्ष्य छ । त्यसपछि आगामी जनवरी १ अर्थात् पुसको तेस्रो सातादेखि सुरुङमार्गमा गाडी गुड्न पाउनेछन् ।
- काठमाडौं भित्रिने गाडीहरु सुरुङमार्गमा प्रवेश गर्ने विन्दु धादिङको सिस्नेखोला हो । यहाँ अहिले सरसफाइ र पहिरो रोकथामको काम भइरहेको छ । अरु संरचनाहरु लगभग तयार अवस्थामा छन् ।
- यो सुरुङमार्ग जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले बनाएको हो । अहिले काठमाडौंतर्फ शुल्क उठाउने गेट बनाउन श्रमिकहरु खटिएका छन् । स्थानीयले अवरोध नगरुन् भनेर प्रहरीको पहरामै काम भइरहेको छ ।
- २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजनाको शिलान्यास गरेका थिए । २०८१ वैशाख ६ गते सुरुङमार्ग खन्न सुरु गरिएको थियो । त्यसपछि अहिलेसम्म परियोजनामा फिनिसिङको काम भइरहेको छ ।
- जापान सरकारको ऋण सहयोगमा बनेको यो परियोजनामा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । सरकारको दाबी छ कि यो सुरुङमार्ग चलेपछि नागढुंगा क्षेत्रको जाम घट्नेछ ।
- आउनुस् भिडियोमा घुमौं यो सुरुङमार्ग ।
प्रकाशित मिति:
बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
शुक्रबार, वैशाख २५, २०८३
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
मंगलबार, वैशाख २२, २०८३
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
सोमबार, वैशाख २१, २०८३
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
आइतबार, वैशाख २०, २०८३
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?
शुक्रबार, वैशाख १८, २०८३
घर–घरमा किन लालपूर्जा टाँस्दैछन् नदी किनारका घरधनी ?
शुक्रबार, वैशाख १८, २०८३
ट्रेन्डिङ




