विदेशमा श्रम गर्न जाँदा पनि घुस
अहिले भिजिट भिसामा जानेहरुले अध्यागमन कार्यालयमा बुझाउने घुसको विषय चर्चामा छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख त पक्राउ नै परे भने गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठिरहेको छ ।
विदेश जाने श्रमिकले घुस बझाउने ठाउँ अध्यागमन कार्यालय मात्र भने हैन । भिजिट भिसामा त बाध्य भएर अवैध रुपमा जानेहरुले घुस बझाउँछन् । तर, वैध रुपमा वैदेशिक रोजगारीमा जान्छु भन्नेहरुलाई पनि श्रम स्वीकृतिका नाममा घुस बुझाउनुपर्ने बाध्यता छ ।
विशेषगरी व्यक्तिगत श्रम स्वीकृतिमा जानेहरुले ताहाचलस्थित वैदेशिक रोजगार विभाग र प्रदेशमा रहेका श्रम कार्यालयका कर्मचारीहरुलाई घुस खुवाउनुपर्छ । कर्मचारीहरुले घुस सोझै आफैं लिँदैनन्, एजेन्टमार्फत लिन्छन् ।
गत पुस महिनाको एउटा घटना हेरौं । २ जना युवक कुवेत जाने तयारीमा थिए । उनीहरुलाई सिनामंगलको एक म्यानपावरले विदेश पठाउँदै थियो ।
तर, उनीहरुले म्यानपावर कम्पनीमार्फत जान लागेको हो भन्दा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाउनेवाला थिएनन् ।
किनभने त्यो म्यानपावर कम्पनीले कुवेतबाट ल्याउन खोजेको डिमान्ड लेटर नेपाली दूतावासले प्रमाणीकरण गरिएको थिएन ।
त्यसैकारण म्यानपावरले ती दुई युवकलाई व्यक्तिगत श्रम स्वीकृति लिएर पठाउन सहमत गरायो । कुवेतमा कृषिको काममा भनेर जान लागेका उनीहरुले सेवा शुल्कबापत प्रतिव्यक्ति २ लाख ५० हजार र श्रममा सेटिङका लागि भनेर एकमुष्ट ६५ हजार रुपैयाँ बुझाए ।
उनीहरु श्रम स्वीकृतिको प्रक्रिया पूरा गरेरै कुवेत पुगे । तर, भनेअनुसार काम र तलब पाएनन् । दूतावास गएर गुनासो गरेपछि फर्किएर आए ।
त्यसपछि उनीहरु ठगिएको गुनासो गर्दै विभिन्न निकाय धाए । सोधीखोजी सुरु भयो । त्यसक्रममा पत्ता लाग्यो, उनीहरुको श्रम स्वीकृति नै फेक कागजातका आधारमा जारी भएको रहेछ ।
थप विवरण भिडियोमा

प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित

बजेटबारे छलफलमा बालेन, तर यस्ता छन् अडान

कान्छा सहससचिवविरुद्ध भ्रष्टाचार मुद्दाको नालीबेली

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

बजेटमा प्रकाशमानको ब्रम्हलुट, पार्टी कार्यालय बनाउन बाँडे ३३ करोड
