राजमार्गमा अब फेरि राखिनेछन् ढाट
अब विभिन्न राजमार्गका २२ ठाउँमा राखिनेछन् ढाट ।
यस्ता ढाटमा पैसा तिरेपछि मात्र गाडी पास हुनेछन् ।
अबको केही महिनामै राजमार्गमा जता निस्किनुहुन्छ त्यतै तगारा भेटिने छन् ।
शुल्क नतिरेसम्म तगारो हट्ने छैन, गाडी रोकिनेछ ।
गाडीबाट शुल्क उठाउन सरकारले राजमार्गमा २२ ठाउँमा ढाट राख्दैछ ।
आम नागरिकले प्रयोग गर्ने सडकमा यसरी ढाट राखेर शुल्क उठाउनु जायज हुन्छ ? अनि यसरी उठाएको पैसा सही काममा उपयोग भइरहेको छ ?
नेपालमा विगतमा पनि सडकमा बाँस वा फलामका ढाट राखेर पैसा उठाइन्थ्यो । त्यतिबेला देशभरका सडकमा १४ ठाउँमा ढाट राखेर गाडीहरुबाट सडक उपभोग दस्तुर संकलन गरिन्थ्यो ।
कोरोना महामारीपछि भने सडक उपभोग दस्तुर उठाउन छाडिएको थियो ।
अब भने सरकार पहिले भन्दा पनि धेरै ठाउँमा ढाट राखेर सडक दस्तुर उठाउन खोज्दैछ ।
अहिलेको तयारी अनुसार झापाको काँकडभिट्टाबाट छुटेको गाडीले नारायणगढ हुँदै काठमाडौं आइपुग्दा ७ ठाउँमा सडक दस्तुर तिर्नुपर्नेछ । थप जानकारी भिडियोमा :
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा





