एक्सप्लेनर भिडियो
किन छरिँदैछ जताततै पोड-वे चलाउने योजनाको भ्रम ?
- हेटौंडा–काठमाडौंमा रोप–वे अहिले अलपत्र अवस्थामा छ ।अब सरकारले नयाँ योजना ल्याएको छ, रोप–वेको विकल्पमा पोड वे ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटबाटै हेटौंडा–काठमाडौंमा रोप–वे रुटमा पोड वे चलाउन आवश्यक अध्ययन गर्न बजेट छुट्याएका छन् ।
- गत वर्षको बजेटमा गोरखामा पोड वे सञ्चालनका लागि अध्ययन गर्ने भनिएको थियो, तर भएन । अब काठमाडौंमा भित्रिएको छ, पोड–वेको चर्चा ।
- के हो पोड–वे ? एकपछि अर्को सरकारले किन ल्याइरहेको यो योजना ? को छ यसको पछाडि ?
- एउटा कम्पनीले कसरी स्थानीय तहदेखि प्रदेशसम्म पोड–वेको अध्ययनका नाममा एकपछि अर्को गर्दै बजेट छुट्याउन लगाइरहेको छ । राजनीतिक पहुँच र प्रभावका आधारमा जताततै पोड–वेको योजना किन अघि सारिँदैछ ?
- एउटै कम्पनीले एकसाथ नेपालका कहाँ–कहाँ पोड–वे बनाउँछ ? नयाँ विदेशी प्रविधि ल्याएर यहाँ परियोजना कार्यान्वयन गर्न सो कम्पनी सक्षम भइसकेको छ ?
- अन्यत्र सार्वजनिक उपयोगमा नआएको प्रविधिबारे सरकारी लगानीमा अध्ययन मात्रै गर्ने योजना हो कि अरु केही नै छ ?
- यसबारेको यो एक्सप्लेनर भडियो ।
प्रकाशित मिति:
सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





