२४ वर्षसम्म रहस्यमै दरबार हत्याकाण्ड
आज भन्दा २४ वर्षअघि नेपालमा दरबारभित्रै राजाको हत्या भएको थियो । राजामात्र होइन रानी, राजाका छोराछोरी र नजिकका नातेदारहरुको एकै दिन हत्या भएको थियो ।
तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा भएका थिए । ज्ञानेन्द्र करिब ७ वर्ष राजा भए । २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गरेको थियो ।
नारायणहिटीभित्र उच्च सुरक्षाका बीच रहेका राजारानी र राज परिवारका सदस्यको हत्या हुने साँच्चै पत्याउन नसकिने घटना थियो । त्यो भन्दा ठूलो कुरा त्यो हत्या कसले गरायो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नागरिकले विश्वासयोग्य रुपमा पाएका छैनन् ।
प्रधानन्यायाधीश र सभामुख रहेको २ सदस्यीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्याकाण्ड गराएको प्रतिवेदन त दिएको छ । तर धेरैले यसमा विश्वास गरेका छैनन् । कतिपयले शंकाको सुइ पूर्वराजा ज्ञानेन्द्र शाहतिर पनि सोझ्याएका छन् ।
थप जानकारी भिडियोमा
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
निम्स दाइ : एक अदभूत र साहसी आरोही
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य






