२४ वर्षसम्म रहस्यमै दरबार हत्याकाण्ड
आज भन्दा २४ वर्षअघि नेपालमा दरबारभित्रै राजाको हत्या भएको थियो । राजामात्र होइन रानी, राजाका छोराछोरी र नजिकका नातेदारहरुको एकै दिन हत्या भएको थियो ।
तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा भएका थिए । ज्ञानेन्द्र करिब ७ वर्ष राजा भए । २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गरेको थियो ।
नारायणहिटीभित्र उच्च सुरक्षाका बीच रहेका राजारानी र राज परिवारका सदस्यको हत्या हुने साँच्चै पत्याउन नसकिने घटना थियो । त्यो भन्दा ठूलो कुरा त्यो हत्या कसले गरायो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नागरिकले विश्वासयोग्य रुपमा पाएका छैनन् ।
प्रधानन्यायाधीश र सभामुख रहेको २ सदस्यीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्याकाण्ड गराएको प्रतिवेदन त दिएको छ । तर धेरैले यसमा विश्वास गरेका छैनन् । कतिपयले शंकाको सुइ पूर्वराजा ज्ञानेन्द्र शाहतिर पनि सोझ्याएका छन् ।
थप जानकारी भिडियोमा

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
