हिन्दू र वौद्ध धर्मबाट क्रिष्चियनमा धर्मान्तरण
जनगणनाको तथ्यांकले भन्छ, नेपालको कुल जनसंख्यामा हिन्दू धर्मावलम्बीको अनुपात निरन्तर घटिरहेको छ ।
अझ पछिल्लो २० वर्षदेखि बौद्ध धर्मावलम्बीको त संख्या नै निरन्तर घटिरहेको छ । मानिस किन पुस्तौदेखि मानिआएको धर्म छाडेर अर्को धर्म मान्छ ? यो धर्मान्तरण रहर हो कि बाध्यता ?
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०६८ सालयता हिन्दू, इस्लाम, किरात, क्रिष्चियन, बोन र शिख धर्मावलम्बीको संख्या बढेको छ ।
बौद्ध, प्रकृति, जैन र बहाइ धर्म मान्नेको संख्या घटेको छ । हिन्दू धर्मावलम्बीको संख्या बढेको देखिए पनि कुल जनसंख्यामा यसको अनुपात भने घटिरहेको छ ।
अर्को प्रष्ट देखिएको कुरा के हो भने इस्लाम र क्रिष्चियन धर्म मान्नेको संख्या नेपालमा लगातार बढिरहेको छ । इस्लाम धर्म मान्नेमा मुसलमान समुदाय मात्र छन् ।
तर क्रिष्चियन धर्म मान्नेको भने खास समुदाय छैन । अन्य धर्मावलम्बीकै मानिसहरु धर्मान्तरणबाट क्रिष्चियन बनिरहेका छन् ।
नेपालमा पहिलो पटक २०१८ सालको जनगणनामा क्रिष्चियन धर्मावलम्बीको गणना गरिएको थियो । त्यतिबेला जम्मा ४५८ जना थिए । २०२८ सालमा २५ सय ४१ जना पुग्यो । २०३८ सालमा ३८ सय ९१ जना पुग्यो । २०४८ सालमा ३१ हजार २८० पुग्यो । यो १० वर्षमा क्रिष्चियन धर्मावलम्बीको संख्या ८ गुणाले बढेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले क्रिष्चियन धर्मावलम्बीको संंख्या बढ्नुको मुख्य कारण धर्मान्तरण हो भनेको छ । तर धर्मान्तरण कसरी र किन भइरहेको छ ? थप जानकारी भिडियोमा :
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
हिमालका पर्यटकीय क्षेत्र जोड्न नयाँ पूर्व-पश्चिम राजमार्ग
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?
पासपोर्ट घोटालामा आरजु राणा र बिचौलिया कनेक्सन


-1781681783.png)



