आईएमई पे र खल्ती मर्जरको अन्तर्य
लामो छलफलपछि ई वालेट बजारमा खल्ती र आईएमई पेले स्टाटेजिक मूभ लिएका छन्, मर्जर । मर्ज भएर आगामी साउन १ देखि एकीकृत कारोबार थाल्न नेपाल राष्ट्र बैंकले स्कीकृति पनि दिएको छ ।
अब यसबाट थ्रेट महसुस गर्ने एउटै संस्था छ, ई–सेवा । यो मर्जरले तपाइँ हामी ग्राहकलाई भने फाइदै पनि हुनसक्छ ।
तपाईं हामीमध्ये धेरैलाई बानी नै लागिसक्यो, थोरै पैसा पनि अनलाइनबाटै तिर्ने ।
मोबाइलबाट यसो क्युआर स्क्यान गर्यो, पैसा तिर्यो, अनि हिँड्यो । पानी, बिजुलीको पैसादेखि सरकार करसम्म पनि अनलाइनबाटै तिर्छौं हामी । शहर बजारमा मात्र होइन, पछिल्लो केही वर्षमा ग्रामिण क्षेत्रहरुमा पनि अनलाइन पेमेन्ट सम्भव छ ।
चीनबाट २०११मा प्रयोगमा आएको क्युआर पेमेन्ट प्रविधि नेपालमा व्यापक बनाउने काम भने फोन पेले गरेको मान्न सकिन्छ । तर, सुरुवात भने ई–सेवाले गरेको हो । त्यसैले ई वालेटको बजारको ठूलो हिस्सा ई–सेवाले नै ओगटेको छ ।
राष्ट्र बैंकले यस्ता वालेटहरुलाई भुक्तानी सेवा प्रदायक (पीएसपी)को लाइसेन्स दिएको छ । यसरी लाइसेन्स लिएर सेवा दिने दुई दर्जन ई–वालेट नेपालमा छन् । सरकारले समेत आफ्नै नमस्ते पे नामको ई वालेट चलाइरहेको छ ।
तर, टप थ्रीमा छन्, ईसेवा, खल्ती र आईएमई पे । त्यही दोस्रो र तेस्रो नम्बरमा रहेका दुई कम्पनी एक हुँदैछन् ।
अब यो त फिक्स नै छ कि ई–वालेट बजारमा कम्पिटिसन झन् कडा हुनेवाला छ । तपाईं हामीले प्रयोग गरिररहेका ई–वालेटको सेवामा धेरै कुरा बदलिन पनि सक्छ ।
ई–वालेटबाट तपाईं हामीले पाइरहेका सेवा र यसको स्तर अझै बढ्न सक्छ । अफरको वर्षा हुनसक्छ । क्यासब्याक र प्रोमोसनल स्किमहरुको बाहार आउनसक्छ । किनभने बजारमा ई–वालटेबीच एकपटक हाइभोल्टेज कम्पिटिसनको सम्भावना छ ।
हामीले किन यसो भनिरहेका छौं भने एक्लै ई–सेवालाई कडा चुनौती दिन नसकिरहेका आईएमई पे र खल्ती नै अब एक भएर आउने भएपछि बजार त तात्छ नै ।
मर्जरपछि के–के हुनेवाला छ भन्नुअघि खल्ती र आईएमई पे कसरी एक हुने अवस्थामा पुगे भन्ने चर्चा गरौं ।
सन् २००९ मा ई–सेवाले वालेट सेवा थाल्दा कानुन अभावमा यसलाई गैरकानुनी मान्नेहरु धेरै थिए । तर, राष्ट्र बैंकले भुक्तानी सेवासम्बन्धी कानुन बनाएपछि ई–सेवा वैध भयो । २०१५ पछि बजारमा वालेट कम्पनीहरु आउने क्रम बढ्न थाल्यो ।
त्यही क्रममा २०१७ मा चार जना कलेज पढिरहेका युवाहरुको सक्रियतामा खुल्यो खल्ती डिजिटल वालेट ।
इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले थालेको खल्तीले तत्काल ई–सेवालाई टक्कर दिन सम्भव थिएन । किनभने ई–सेवा ब्रान्ड बनिसकेको थियो । तर, ई–सेवाको सेवामा काफी समस्या थियो । अझै पनि ई–वालेट प्रयोगकर्ताले कैयन सास्ती भोग्नु परिरहेको छ भने त्यो बेला सेवामा समस्या नहुने कुरै थिएन ।
त्यसैले राम्रो सेवा उपलब्ध गराउन सके खल्तीका लागि स्पेश थियो । भयो पनि त्यही । युजरफ्रेन्डी इन्टरफेसका कारण खल्ती छाटो समयमै प्रयोगकर्ताहरुको नजरमा पर्न सफल भयो । तर ई–सेवासँगको टक्कर सजिलो थिएन ।
किनभने खल्ती आक्रामक ढंगले बजारमा आउने बेलासम्म ई–सेवा नाफामा जान थालिसकेको थियो । खल्तीले सेवा र बजार विस्तार त गर्दै लग्यो, तर बजारमा टिकिराख्न पूँजी र बलियो रणनीतिक टिमको अभाव भयो । त्यसैले २०७८ मा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई लगानीकर्ताका रुपमा भित्र्यायो ।
अहिले त खल्ती स्थापित ब्रान्ड भइसकेको छ । कम्पनी नाफामा पनि गएको भनिएको छ ।
खल्ती पछि कुरा गरौं, आईएमई पे को । आईएमई पे त व्यवसायी चन्द्र ढकालको आईएमई समूहले प्रवर्द्धन गरेको ई–वालेट हो । यो वालेट पनि २०१७ मा सुरु भएको थियो । यो कम्पनी सुरुबाटै आक्रमक सेवा विस्तारमा लागेको थियो ।
तर, खल्ती लगानी अनुसार बजारबाट प्रतिफल लिन कम्पनीलाई सकस थियो । एक त आईएमईको ब्रान्ड नै विदेशबाट रेमिट्यान्स ल्याउने कम्पनीका रुपमा बनेको थियो । अनि दैनिक भुक्तानीमा ईसेवा र खल्तीको बानी परिसकेकाले उपभोक्ताले आईएमई पेलाई रोजेनन् । ई वालेटको ब्राण्ड बन्न सकस भयो ।
त्यो भन्दा ठूलो सकस चाहिँ फोन पेले ल्यायो । २०१९ मा खुलेको यो कम्पनीले बैंकहरुसँग गरेको सहकार्यका कारण ई–वालेटहरुले बढी नै संघर्ष गर्नुपर्यो ।
बैंकहरुले मोबाइल बैंकिङ एप ल्याएकै थिए । यसमा युटिलिटी पेमेन्ट अर्थात् पानी, बिजुली, टेलिफोन, मोबाइल रिचार्ज लगायतका सेवा सुविधा उपलब्ध नै थियो । त्यही मोबाइल बैंकिङ एपमा फोन पेन कनेक्ट भएपछि ई–वोलटको आवश्यक नै कम हुन थाल्यो ।
इन्टरनेटको बिल, एयर टिकट बुकिङ, बस टिकेटिङ, बीमाको प्रिमियम भुक्तानी, होटल बुकिङ, सिनेमा हलको सिट बुकिङ र डिम्याट भुक्तानीजस्ता सेवामा वालेटहरुले व्यापार फैल्याए । अस्पतालको टिकट बुकिङ र शैक्षिक संस्थाको शुल्क तिर्ने सुविधा समेत ल्याए । तर, पनि कतिपय बैंकिङ एपहरुमा पनि यस्ता सुविधा विस्तार हुँदै गए ।
यस्तो अवस्थामा वालेटहरुले मोबइल बैंकिङ एपमा भन्दा बढी लाभ दिलाउन अफरहरु ल्याउनुपर्ने भयो । अफर दिनु भनेको थप लगानी गर्नु हो । त्यसैले अरुलाई टक्कर दिन मात्रै हैन, बजारमा टिक्न समेत ई–वालेट कम्पनीलाई बलियो बन्नुपर्ने बाध्यता छ । यसकै परिणाम हो, खल्ती र आईएमई पेको मर्जर ।
मर्जरपछि के ?
यो नेपालमा वालेटहरु बीचको मर्जर यो पहिलो हुनेछ । आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरु भएपछि कम्पनीको आधिकारिक नाम आईएमई खल्ती लिमिटेड हुनेछ ।
यसको रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा रहने तय छ । हाल त्यहाँ आईएमई पेको अफिस छ ।
एपको नाम खल्ती मात्रै हुनेछ ।
प्ले स्टोरबाट खल्ती ५० लाख भन्दा बढी डाउनलोड भएको छ । आईएमई पेको डाउनलोड १० लाख नाघेको छ । आगामी साउन १ गतेदेखि खल्ती एप मात्र रहने छ ।
सजिलोसँग भन्दा आईएमई पे मात्र वालेट चलाइरहेकाहरुको वालेट खल्तीमा परिणत हुनेछ । आईएमई पे र खल्ती दुबै चलाइरहेकाहरुले एप एकीकृत भएर खल्तीका रुपमा रहनेछ ।
खल्ती एपमा आईएमई पेका सबै फिचर एड हुनेछन् । यसका लागि ग्राहकको स्वीकृति भने लिइनेछ ।
एकीकृत कारोबारका थालेपछि दुई एपका ग्राहक समायोजनको काम सुरु हुनेछ । दुबै एपहरु तीन महिनाभित्र समायोजन गर्ने लक्ष्य छ । त्यो नहुँदासम्म ग्राहकले दुबै कम्पनीका एप अहिले जसरी नै चलाउन पाउनेछन् । ग्राहकका वालेटमा रहेका ब्यालेन्स, रोयल्टी प्वाइन्ट, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड सबै एकीकृत हुनेछन् ।
नयाँ प्रयोगकर्ताले भने खल्ती एप डाउनलोड गरेपछि सिधै नयाँ फिचरहरु प्रयोग गर्न पाउनेछन् ।
आईएमई पेसँग मर्जरपछि खल्तीमा थपिने सेवा भनेको विदेशबाट रेमिटेन्स सजिलै वालेटमा पाउने हो । एपबाटै बैंक खाता खोल्नेदेखि भिसा कार्ड लिने प्रक्रिया पूरा गर्न सकिने छ । एपबाट सापटीसहित अन्य सेवा सुविधा दिइनेछ । यसले खल्ती एप थप सुविधाजनक हुनेछ ।
दुई एप एक भएपछि कस्ता कस्ता योजनाहरु ल्याउँछन् भन्ने हेर्न बाँकी छ । तर पक्कै पनि बजारमा एकपटक खल्ती एपले हल्ला मच्चाउने चाहिँ पक्कापक्की छ ।

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
