५ अर्ब खर्चेर चम्पादेवीमा बन्दैछ केबलकार
काठमाडौंमा दोस्रो केबलकार परियोजना पनि अघि बढ्दैछ । अहिले त चन्द्रागिरिमा मात्रै केलबकार छ । अब कीर्तिपुरको चम्पादेवीमा पनि केबलकार बन्ने छ ।
हिँडेर चम्पादेवीको दर्शन गर्न जान नसकेकाहरुले केबलकारबाट त्यहाँ पुग्न पाउनेछन् ।
कीर्तिपुरको चम्पादेवी हाइकिङका लागि प्रशिद्ध छ । यहाँ दिनहुँ पैदलयात्री हिडिरहेका हुन्छन् । प्रकृतिमा समय बिताउँदै काठमाडौं उपत्यकालाई उचाइबाट हेर्न चम्पादेवी उत्तम ठाउँ नै हो ।
वन जंगल अनि हरियाली क्षेत्र यहाँको विशेषता हो । यहाँबाट सगरमाथा सहितका थुप्रै हिम श्रृङ्खलाहरु दृश्यावलोकन गर्न पाइन्छ ।
चम्पादेवीको दर्शन गर्न समेत भक्तालुहरु यहाँ पुग्छन् ।
त्यही चम्पादेवीमा अब केबलकार बनाइने भएको छ । चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले चम्पादेवी केबलकार बनाउने प्रक्रिया अघि बढएको हो ।
यो कम्पनीमा विशाल ग्रुप, संघई ग्रुप र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको मुख्य लगानी छ ।
यो केबलकारको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयमा पुगेको छ । यो प्रतिवेदन पास भएपछि निर्माणको काम थालिनेछ ।
केबलकारको तल्लो स्टेशन दक्षिणकाली–१ मा निर्माण हुनेछ । तल्लो स्टेशन ५ हजार ९७५ वर्गमिटर क्षेत्रफलमा तयार हुनेछ ।
यहाँ सुविधासम्पन्न ३ तल्ले भवन बन्नेछ । मुख्य भवनमा टिकट काउन्टर, लाइन लाग्ने क्षेत्र, केबलकार चढ्ने र झर्ने क्षेत्र, केबलकार पार्किङ हुनेछ । अपरेटर रुम, शौचालय, विश्राम कक्ष समेत तयार हुनेछ ।
कार्यालय, स्टाफ क्यान्टिन, स्टोर र मेडिकल पनि हुनेछ । मेकानिकल रुम, जेनेरेटर र बिजुली कक्षहरु समेत राखिनेछ ।
यहाँ प्रवेशद्वार, मुख्य भवन, सवारी पार्किङ, पम्प हाउस, पानी ट्यांकी समेत हुनेछ । २०० वटा कार र ४ सय वटा मोटरसाइलक अटाउने पार्किङ पनि तयार हुनेछ ।
माथिल्लो स्टेसन कीर्तिपुर–४ चम्पादेवीको मन्दिर नजिकै बन्ने छ । यो १.८० हेक्टर क्षेत्रफमा तयार हुनेछ ।
त्यहाँ दुई तल्लाको बनाएर केबलकार चढ्ने र ओर्लिने क्षेत्र तयार गरिनेछ । यहाँ टिकेटिङ अपरेटर रुम, स्टोर, पर्यटक सूचना केन्द्रहरु पनि हुने छन् ।
माथिल्लो स्टेशनमा मनोरञ्जन भवन पनि हुनेछ । सो मनोरञ्जन भवनमा इनडोर गेमिङ जोन सँगै साहसिक खेलकुदका सामग्रीहरु राखिनेछ । रेष्टुरेन्ट, सम्मेलन हल र भान्सा घर पनि बनाइनेछ ।
१२ वटा टावरहरु राखेर बनाइने यो केबलकार २.०७५ किलोमिटरको हुने छ । ३४ वटा गोन्डोला राखिनेछ ।
प्रत्येक गोन्डामा १० जना अटाउनेछन् । यसअनुसार चम्पादेवीमा यो केबलकारले दैनिक दैनिक ५ हजारसम्म यात्रु ओसार्न सक्नेछ ।
केबलकार बनेपछि दक्षिणकाली नगरिपालिको बोसन डाँडाबाट चम्पादेवी डाँडा पुग्न ७ मिनेट मात्रै लाग्नेछ ।
चम्पादेवीमा मनोरञ्जन पार्क पनि बनाइनेछ । पार्कमा अल्पाइन कोस्टर, रंगीन स्लाइडहरु, डोरीसम्बद्ध साहसिक गेम, जिपलाइन, पिङ हुनेछन् । एम्फीथिएटर र प्रतिक्षालय पनि हुने छ ।
परियोजनाले अहिले खुला क्षेत्रमा रहेको रहेको मन्दिर पनि आफैंले बनाइदिने भनेको छ । यहाँ ३२ वटा गणेशको मूर्ति रहेको मन्दिर बनाइनेछ । नियमित आरती गर्ने गरी शिव मन्दिर, बौद्ध चैत्यहरु, नवग्रह मन्दिर र सामूहिक पूजा र हवनका लागि यज्ञशाला पनि बनाउने योजना बनेको छ ।
मन्दिरको स्वामित्व भने स्थानीयको समेत सहभागितामा बन्ने चम्पदेवी फाउन्डेसनको हुने भनिएको छ ।
५ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको यो केबलकार काम सुरु गरेको २ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।
यो परियोजना कुल ५ हेक्टर वन क्षेत्र उपयोग गर्नेछ । यो केबलकारले प्रत्यक्ष रुपमा ३१२ जनालाई रोजगारी दिनेछ । साथै अरु ३०० जनालाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने दाबी कम्पनीको छ ।
यो केबलकारले १० वर्षमा लगानी उठाउनेछ ।
तपाईंलाई के लाग्छ, काठमाडौं वरपरका डाँडाहरुमा यसरी केबलकार पुर्याउनु उपयुक्त हो ?

सामाजिक सञ्जालमा समाचार सेयर गर्दा युवक पक्राउ

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाको नाम अनुमोदन

नाडा भर्सेस नाइमा, कुन अटो शो होला भव्य ?

क्षतिपूर्ति भराएको बिरोधमा डाक्टरहरुले रोके बिरामीको उपचार
