यस्तो छ वर्ल्डलिंक संग्रहालय (भिडियो टुर)
वर्ल्डलिंकले आफ्नो इतिहास सगर्व देखाउने गरी वर्ल्डलिंक संग्रहालय खोलेको छ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले ललितपुरको कुसुन्तीमा सार्वजनिक अवलोकन नै गर्न मिल्ने गरी संग्रहालय खोलेको हो ।
कम्पनीका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता तथा सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिंकको संग्रहालय उद्घाटन गरिएको हो ।
आफ्ना ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी संग्रहालयको स्थापना गरेको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपालले जानकारी दिए ।
वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल/इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच प्रविधिहरु प्रयोग गरेको थियो । अहिले तीनै प्रविधि र उपकरण संग्रहालयमा राखिएको छ ।
यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्, तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्वपूर्ण भएकाले संग्रहित गरेर भावी पुस्तालाई समेत देखाउने गरी राखिएको सीईओ नेपालले बताए ।
इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र संग्रहित रूपमा राख्नु कर्तव्य र सामाजिक दायित्व भएको उनको भनाइ छ ।
‘वर्ल्डलिंक सङ्ग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि नै राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास छ ,’ सीईओ नेपालले भने ।
कम्पनीको यो कदमबाट विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्ने छ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिंकको भूमिका बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने कम्पनीको विश्वास छ ।
‘वर्ल्डलिंकले देशका दुर्गम गाउँदेखि शहरसम्म इन्टरनेट सेवा पुर्याउँदै डिजिटल पहुँचलाई सरल बनाएको छ । यो सङ्ग्रहालय त्यही यात्राको प्रतिविम्ब हो, जसले नेपालमा प्रविधिको विकास र विस्तारमा वर्ल्डलिंकले पुर्याएको योगदानलाई अमर बनाउनेछ,’ सीईओ नेपाल भन्छन् ।
कस्तो छ त वर्ल्डलिंक संग्राहलय ? यो नेपालशोले यसको भिडियो टूर गरेको छ ।

अहिलेसम्म २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३२ करोडको सुन र ४ करोड नगद लुटपाट

जलेका नोट साट्न जानेलाई हुन सक्छ कारबाही

कुलमानको प्राथमिकता : ट्रंकलाइनको पैसा उठाउने, पुनर्निर्माण कोष बनाउने

सरकारी कार्यालय केही महिनामै दुरुस्त सेवा दिने बनाउनुपर्छ : अर्थमन्त्री खनाल
