सर्भरमा समस्याले कम्पनी रजिष्ट्रारको सेवा भ्रद्रगोल, हाकिम चीन भ्रमणमा हुँदा कर्मचारीका कुर्सी खाली
कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवाग्राहीको भीड छ । सर्भर बेला–बेलामा आउने जाने भइरहेको छ ।
आर्थिक वर्षको अन्तिम भएकाले कम्पनी अद्यावधिक र नवीकरण गर्न आउनेहरुले सेवा पाइरहेका छैनन् । कर्मचारीहरु सर्भरको बाहना बनाएर काम गरिरहेका छैनन् ।
एक सातादेखि ‘डाउन’ हुँदा पनि कार्यालयले समाधानमा चासो दिएको छैन । अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा क्यामिस नामको सफ्टवेयर छ । डिजिटल हस्तक्षर समेत जोडिएको यो सफ्टवेयरमा बारम्बार समस्या आइरहेको छ ।
सबै सेवालाई अनलाइनमा लगेपनि कम्पनी रजिष्ट्रारको कार्यालयले सेवा चुस्त गर्न चासो नै दिएको छैन । सेवाग्राही एउटै कामका लागि ३–४ दिनदेखि लगातार धइरहेका छन् । तर, काम बनेको छैन ।
युजर र पासवर्ड लिन समेत सेवाग्राहीलाई सास्ती छ । कम्पनी रजिष्ट्रारको कार्यालयका सूचना प्रविधि निर्देशक भुवन भण्डारी समस्या समाधानको लागि काम भइरहेको र अहिले लगभग सबै समस्या समाधान भइसकेको दाबी गर्छन् ।
तर, सूचना प्रविधि विभागका इन्जिनियरहरुको कुर्सी खाली छ । उनीहरु हाजिर गरेर बाहिर निस्किनछन्, कोही पनि कार्यालयमै भेटिंदैनन् । सूचना प्रविधि निर्देशक भण्डारी इन्जिनियरहरु काम छाडेर कहाँ गए भन्नेबारे आफूलाई जानकारी नहुने बताउँछन् ।
कार्यालयमा सोवग्राहीले सास्ती भोगिरहँदा कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरी भने चीन भ्रमणमा छन् । उनी अझै केही दिन चीन भ्रमणमै हुनेछन् ।
कार्यालयका निमित्त प्रमुख सोमराज बराल भने सर्भर र सेवामा कुनै समस्या नभएको दाबी गर्छन् । कार्यालय प्रमुख नभएर सेवा नरोकिने भन्दै भन्दै उनले सर्भर डाउन हुने समस्या नै नभएको बताए ।
तर, सेवाग्राही भने कार्यालयमा घुस खुवाएर काम गराउनुपर्ने अवस्था रहेको बताउँछन् । एउटै कामा लागि पटक–पटक कार्यालय आउनु परेको भन्दै उनीहरुले तीव्र आक्रोश समेत पोखेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयको बेथितिबारे नेपाल शोले गरेको यो फिल्ड रिपोर्ट हेर्नुस् ।
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


