यस्तो छ १ अर्ब लागतको आयल निगमको कर्पोरेट टावर (भिडियो टूर)
नेपाल आयल निगमको बबरमहलस्थित कर्पोरेट भवनको निर्माण सकिएको छ । २०७२ सालको भूकम्पले पुरानो भवनमा क्षति पुर्याएपछि नयाँ भवन बनाइएको हो ।
दुई तले भूमिगत १४ तले नयाँ भवनको निर्माण सकिएको छ । यहाँ क्रमैसँग निगमका विभागहरु आएर बस्न थालिसकेका छन् । केही हप्ताभित्रै निगमका सबै कार्यालयहरु यहाँ आइपुग्नेछन् ।
भवनमा ६० वटा गाडी पार्क गर्न मिल्ने भूमिगत पार्किङ छ । मोटरसाइल पनि पर्याप्त संख्यामा पार्क गर्न सुविधा छ ।
यहाँ कर्मचारीको बच्चालाई केयर गर्न ‘डे केयर सेन्टर’को भवन पनि छ । यसैगरी निगमका  सबै विभागहरुका लागि विशिष्टीकृत आधुनिक सेटअपसहितको कार्यालय छ । सबै विभागका लागि छुट्टै बैठक कक्ष समेत छ ।
निगमका कार्यकारी निर्देशक र नायब कार्यकारी निर्देशकका लागि पनि सुविधासम्पन्न कार्यालय छ । फायर फाइटिङ सिस्टमसहित आधुनिक भवनमा हुने सबै सेवा सुविधाहरु भवनभित्र छ ।
भवनमा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ, भवनलाई अपांगमैत्री ढंगले निर्माण गरिएको छ । डेटा सेन्टर, पुस्तकालय, सेमिनार हल र आवश्यक स्टोरहरु सहित भवन बनेको छ ।
क्यान्टिन, शौचालय, सुरक्षा केन्द्रसहितका आवश्यक सेवा सुविधाहरु पनि राखिएका छन् । तोकिक्एो सयमभन्दा एक वर्ष बढी समय लगाएर बनेको भवन करिब १ अर्ब लागतमा बनेको हो । यो भवनको निर्माण केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो ।
बाहिरबाट हेर्दा स्टोर होटल जस्तो देखिो यो टावरको भित्र कस्तो छ त ? विस्तृतमा जान्न भवन परियोजना प्रमुख रामप्रसाद बन्जाराका साथमा नेपाल शोले गरेको यो भिडियो टूर हेर्नुस् ।   
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


