नेभिगेशन
एक्सप्लेनर भिडियो

जोगिने भयो पुरातात्विक बागदरबार  

२०७२को भूकम्पमा क्षतिग्रस्त भएको बागदरबार प्रवलीकरण हुने भएको  छ। कामठााडौं महानगरपालिकाले यसका लागि ठेक्का नै आह्वान गरिसकेको छ ।

२०७५मा महानगरपालिकाले यो भवन भत्काएर नयाँ भवन बनाउन खोजेको थियो । त्यसका लागि ठेक्का पनि आह्वान भइसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले यो भवन बागदरबार नभएको र हरि भवन भएको तर्क अघि सारेका थिए ।  

तर, सर्बोच्च अदालले भवन भत्काउन दिएको ठेक्का पनि उत्प्रेषणको आदेशमार्फत बदर गरेको थियो । महानगरसँग बागरदबारको भोगचलनको मात्रै अधिकार रहेको र स्वामित्व नरहेको भन्दै सर्बोच्चले यस्तो फैसला गरेको थियो ।

वरिष्ठ अधिवक्ताहरु प्रकाशमणि शर्मा, रमा पन्त खरेल, सम्पदा बचाउ संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ र कानुनका विद्यार्थी सञ्जय अधिकारीको रिट निवेदनको सुनुवाइ गर्दै अदालतले यस्तो फैसला सुनाएको थियो ।

यसपछि बागदरबारलाई हटाएर नयाँ भवन बनाउने तत्कालीन मेयर विद्यासुन्दर शाक्यको योजनामा ब्रेक लागेको थियो । सर्वोच्चले बागदरबार कसरी संरक्षण गर्न १५ दिन भित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन समेत भनेको थियो ।

महानगरपालिकाले सय वर्ष पुरानो नभएको भन्दै बागदवारलाई भत्काउन खोजेको थियो । तर, सर्बोच्चले सय वर्ष नभए पनि कलात्मक भवनलाई पुरातत्व विभागले संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको परामादेशमा उल्लेख गरेको छ ।

अदालतको आदेशपछि पनि थुप्रै वर्ष महानगरपालिका बागदरबारबारे अनिर्णित रह्यो । जसले गर्दा बागदरबार झन जीर्ण बन्दै गएको थियो । अहिले भने महानगरपालिकाले यो भवन जोगाउने गरी प्रवलीकरणको ठेक्का सूचना निकालेको छ ।

अब चालु आर्थिक वर्षमै भवनलाई मजबुत बनाउने काम सुरु हुनेछ । कस्तो छ प्रबलीकरण हुन लागेको बागदरबारको वर्तमान अवस्था ?  हेर्नुस् यो फिल्ड रिपोर्ट ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो