नेभिगेशन
एक्सप्लेनर भिडियो

रंगशालाको रूप लिँदैछ सानो गौचरन (फिल्ड रिपोर्ट)

काठमाडौं महानगरपालिकाले सानो गौचरनको खेल मैदानमा मिनि स्टेडियम बनाइरहेको छ । करिब १९ करोड लागतमा बनिरहेको यो स्टेडियमको निर्माणको काम करिब आधा सकिएको छ ।

अहिले भवन र प्यारापिट बनाउने काम चलिरहेको छ । बाउन्ड्री वालको काम पनि भइरहेको छ ।  

यो स्टेडियमको उपप्रमुख सुनीता डंगोलले २०८१ मंसिर १२ गते शिलान्यास गरेकी थिइन् । पुरानो र परम्परागत खेल मैदानलाई फुटबल स्टेडियमका रुपमा विकास गर्ने गरी अहिले धमाधम काम भइरहेको छ ।

विगतमा यो चौर धुलो र हिलोको मारमा पर्ने गर्थ्यो ।  अहिले महानगरले यसमा कृत्रिम दुबो अर्थात् टर्फ बिछ्याउने गरी यसको पुनर्निर्माण गरिरहेको छ ।

आगामी चैतभित्र रंगशाला निर्माण गरिसक्ने लक्ष्य छ । यो कामको ठेक्का शुभ कन्स्ट्रक्सन प्रालिले १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा पाएको छ ।

यो स्टेडियमको डिजाइन काठमाडौं महानगरको सहरी योजना आयोगले तयार गरेको हो । महानगरको सार्वजनिक निर्माण विभागले यसको ठेक्का लगाएको थियो ।

यो स्टेडियमभित्र ९६ लामो र ६२ मिटर चौंडा खेल मैदान तयार हुनेछ । यहाा करिब ३० वटा चारपांग्रे र २०० वटा २ पांग्रे सवारी साधन अट्ने गरी पार्किङ पनि बन्ने छ ।

स्टेडियममा बन्ने प्यारापिटको मुनिको भवनमा  शौचालय, फिजियोथेरापी कक्ष, ड्रेसिङ रुम, प्राथमिक उपचार कक्ष र लकर रुमहरु बन्ने छन् ।

१८ रोपनी १ आना क्षेत्रफलमा बनिरहेको यो मैदानले भविष्यमा खेलाडी उत्पादनमा सहयोग गुर्‍याउने विश्वास छ । यो मैदानको निर्माण कसरी भइरहेको छ भन्नेबारे नेपाल शोले फिल्डमै गएर एक्सप्लेनर रिपोर्ट तयार गरेको छ ।

हेर्नुस् फिल्ड रिपोर्ट ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो