घरजग्गाको मूल्य आधासम्म घटिसक्यो, अझै घट्न सक्छ
अहिले घरजग्गाको कारोबारमा असाधारण मन्दी छ । उच्च दरमा मूल्य घटेपछि बैंक तथा वित्तीय संस्थाले धितोमा राखेकै जग्गाको मूल्य घटेको छ ।
यसले धितो मूल्यांकनकर्ता इन्जिनियरहरु नै चकित छन् । बैंकले उनीहरुलाई कालोसूचीमा राख्न थालेको छ । बैंकले मूल्यांकनकर्तालाई अनावश्यक दुःख दिएको भन्दै नेपाल भ्यालुअर्स एशोसियसनमा आवद्ध इन्जिनियरहरु आन्दोलनमा छन् ।
नेपाल भ्यालुअर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार महतोका अनुसार सबैभन्दा धेरै जग्गाको मूल्य लुम्बिनी प्रदेशमा घटेको छ । लुम्निबीमा ५० प्रतिशतसम्म जग्गाको मूल्य घटेको उनले बताए । त्यसिछ मधेश प्रदेशमा असाधारण ढंगले जग्गाको मूल्य कम भएको छ ।
धितो मूल्यांकनकर्ताहरुले नै मूल्यांकन गरेको जग्गाको मूल्य घट्दा बैंकको लगानी जोखिममा छ । त्यसैले बैंकहरुले अहिले मूल्यांकनकर्तालाई जग्गाको मूल्यांकन सही नगरेको आरोप लगाइरहेका छन् ।
विगतमा उच्च मूल्यमा पुगेको जग्गाको मूल्य नै घटेकाले यो आफूहरुको नियन्त्रणमा नरहेको अध्यक्ष महतो बताउँछन् । उनी अहिले जग्गाको मूल्य अझै पनि के हुन्छ भन्ने अवस्था अवस्था नरहेकाले जग्गामा लगानी नगर्न सुझाव दिन्छन् ।
मूल्यांकनकर्ताको आन्दोलन, जग्गाको मूल्य र अहिले उपभोक्ताले उठाउन सक्ने लाभ वा जोखिमबारेबारे नेपाल भ्यालुअर्स एशोसियसनका अध्यक्ष सञ्जयकुमार महतोसँग नेपाल शोले कुराकानी गरेको छ । हेर्नुस् पूरा यो अन्तरवार्ता ।
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा
ईभी किन्ने र चढ्नेले बुझ्नैपर्ने ६ कुरा
स्वर्णिमले तनहुँमा खन्याए बजेट, दोहोरियो पुरानै प्रवृत्ति
माइक्रो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका


-1781681783.png)
-1781759377.png)




