विश्व सम्पदा क्षेत्रमा कंक्रिट, विरोधमा जनता
काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरु फेर्न थालेको एक वर्ष हुन लाग्यो । काम यसै सुस्त छ । झन् त्यसमाथि महानगरपालिकाले ढुंगा फेर्दा कंक्रिट प्रयोग गर्यो ।
विश्व सम्पदा क्षेत्रमा महानगरले कंक्रिट प्रयोग गरेपछि स्थानीयले भइरहेको काम नै रोकेका छन् । सम्पदा अभियान्ता तथा स्थानीयबासी गणपतिलाल श्रेष्ठकाअनुसार विगतमा महानगरपालिकाले दरबार क्षेत्रमा भूमिगत पानी पुनर्भरण अर्थात रिचार्ज हुने गरी ढुंगा बिछ्याउने बताएको थियो । सोही कारण स्थानीय बासी पुरानो ढुंगा हटाएर नयाँ राख्न तयार भएका थिए ।
तर,नयाँ ढुंगा हाल्न पुरानो ढुंगा हटाउँदा मुनि कालोपत्रे (पिच) नै भेटिएको बताउँछन् । विगतमा भएको गल्तीलाई नसच्याइ महानगरपालिकाले पिचमाथि नै बालुवा बिछ्याएर ढुंगा राख्न थालेको थियो ।
अझ ढुंगा बिछ्याउने क्रममा कंक्रिट प्रयोग भएपछि काम रोक्नु परेको श्रेष्ठ बताउँछन् । ‘काम रोकेका होइनौं, सही ढंगले काम गर्नका लागि खबरदारी गरेका छौं,’ उनले भने,‘पुरानो पिच नहडाई त्यसमाथि कंक्रिट प्रयोग गरेर ढुंगा हालेपछि काम रोक्नुको विकल्प भएन ।’
स्थानीयले किन रोके त ? यसबारेको यो भिडियो रिपोर्ट हेर्नुस् ।
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
हिमालका पर्यटकीय क्षेत्र जोड्न नयाँ पूर्व-पश्चिम राजमार्ग
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?
पासपोर्ट घोटालामा आरजु राणा र बिचौलिया कनेक्सन


-1781681783.png)



