विश्व सम्पदा क्षेत्रमा कंक्रिट, विरोधमा जनता
काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरु फेर्न थालेको एक वर्ष हुन लाग्यो । काम यसै सुस्त छ । झन् त्यसमाथि महानगरपालिकाले ढुंगा फेर्दा कंक्रिट प्रयोग गर्यो ।
विश्व सम्पदा क्षेत्रमा महानगरले कंक्रिट प्रयोग गरेपछि स्थानीयले भइरहेको काम नै रोकेका छन् । सम्पदा अभियान्ता तथा स्थानीयबासी गणपतिलाल श्रेष्ठकाअनुसार विगतमा महानगरपालिकाले दरबार क्षेत्रमा भूमिगत पानी पुनर्भरण अर्थात रिचार्ज हुने गरी ढुंगा बिछ्याउने बताएको थियो । सोही कारण स्थानीय बासी पुरानो ढुंगा हटाएर नयाँ राख्न तयार भएका थिए ।
तर,नयाँ ढुंगा हाल्न पुरानो ढुंगा हटाउँदा मुनि कालोपत्रे (पिच) नै भेटिएको बताउँछन् । विगतमा भएको गल्तीलाई नसच्याइ महानगरपालिकाले पिचमाथि नै बालुवा बिछ्याएर ढुंगा राख्न थालेको थियो ।
अझ ढुंगा बिछ्याउने क्रममा कंक्रिट प्रयोग भएपछि काम रोक्नु परेको श्रेष्ठ बताउँछन् । ‘काम रोकेका होइनौं, सही ढंगले काम गर्नका लागि खबरदारी गरेका छौं,’ उनले भने,‘पुरानो पिच नहडाई त्यसमाथि कंक्रिट प्रयोग गरेर ढुंगा हालेपछि काम रोक्नुको विकल्प भएन ।’
स्थानीयले किन रोके त ? यसबारेको यो भिडियो रिपोर्ट हेर्नुस् ।
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
कता अड्कियो चीनको रेल ?
एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त



-1762094516.jpg)


