वैदेशिक रोजगारीमा कुन जिल्लाबाट जान्छन् धेरै युवा ?
तपाईंलाई थाहा छ ? नेपालको कुन जिल्लाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा जान्छन् ? हामीले गत आर्थिक वर्ष २०८१/८२मा विदेश गएकाहरुको तथ्यांकलाई आधार बनाएर टप ३५ जिल्लाको सूची तयार गरेका छौं ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचीअनुसार गत वर्ष ८ लाख ३९ हजार युवा काम खोज्दै विदेश गएका थिए । ७७ मध्ये ४२ जिल्लाबाट १० हजारभन्दा कम संख्यामा युवा विदेश गएका छन् । तर ३५ जिल्लाबाट भने १० हजारभन्दा बढी काम खोज्दै विदेशिएका छन् ।
समग्रमा मधेश प्रदेशबाट सबैभ्न्दा धेरै युवा विदेश जान्छन् । सबैभन्दा कम भने कर्णाली र सुदुरपश्चिमबाट । तर, एउटा कुरा थाहा पाउनै पर्छ, कर्णाली र सुदरपश्चिम धेरै भारतका मजदुरी गर्न जान्छन्, तर उनीहरुको तथ्यांक सरकारले राख्दै राख्दैन ।
भारतमा काम गर्न जानेले श्रम स्वीकृति लिनु पर्दैन । यदि यस्तो स्वीकृति लिने व्यवस्था भयो भने तथ्यांकमा कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट पनि विदेशिनेको संख्या थोरै देखिंदैनथ्यो ।
कुन जिल्लाबट कति जान्छन् विदेश, हेर्नुस् यो भिडियो ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

