वैदेशिक रोजगारीमा कुन जिल्लाबाट जान्छन् धेरै युवा ?
तपाईंलाई थाहा छ ? नेपालको कुन जिल्लाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा जान्छन् ? हामीले गत आर्थिक वर्ष २०८१/८२मा विदेश गएकाहरुको तथ्यांकलाई आधार बनाएर टप ३५ जिल्लाको सूची तयार गरेका छौं ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचीअनुसार गत वर्ष ८ लाख ३९ हजार युवा काम खोज्दै विदेश गएका थिए । ७७ मध्ये ४२ जिल्लाबाट १० हजारभन्दा कम संख्यामा युवा विदेश गएका छन् । तर ३५ जिल्लाबाट भने १० हजारभन्दा बढी काम खोज्दै विदेशिएका छन् ।
समग्रमा मधेश प्रदेशबाट सबैभ्न्दा धेरै युवा विदेश जान्छन् । सबैभन्दा कम भने कर्णाली र सुदुरपश्चिमबाट । तर, एउटा कुरा थाहा पाउनै पर्छ, कर्णाली र सुदरपश्चिम धेरै भारतका मजदुरी गर्न जान्छन्, तर उनीहरुको तथ्यांक सरकारले राख्दै राख्दैन ।
भारतमा काम गर्न जानेले श्रम स्वीकृति लिनु पर्दैन । यदि यस्तो स्वीकृति लिने व्यवस्था भयो भने तथ्यांकमा कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट पनि विदेशिनेको संख्या थोरै देखिंदैनथ्यो ।
कुन जिल्लाबट कति जान्छन् विदेश, हेर्नुस् यो भिडियो ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





