१५ दिनमै बन्छ भनेको सडक महिनौं अलपत्र, बालेन खोज्दै स्थानीय
शंखमूल चोकदेखि बाग्मती मनोहराको दोभान पुल जोड्ने गणेशमार्ग भत्काएर छाडिएको ३ महिना भयो । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र काम सक्ने भनेर सडक भत्काएको थियो ।
तर, सडक भत्काएपछि बनाउन चासो दिएन । अहिले वर्षायाममा सडक अलपत्र छाडेपछि यो सडक भएर यात्रा गर्नेहरु पीडित छन् ।
यो सडक हिलोमय छ । चिप्लो पनि उत्तिकै छ । ठूला ठूला खाल्डाहरु छन् । यहाँ हिँड्न सकस छ । गाडी र मोटरसाइकल हिलोमा फसिरहन्छन् ।
त्यसमाथि ठाउँ–ठाउँमा पानी जमेर बसेको छ । सडकको बेहाल भएपछि स्थानीय क्षेत्रमा व्यापार व्यवसाय ठप्प छ । सडकको दुरावस्थाबारे वडालाई स्थानीयले गुनासो नगरेका हैनन् ।
तर, दशैंअघि यो सडक पिच नहुने भन्दै वडा कार्यालयले टारिरहेको छ । काठमाडौंको सडकको बेहाल अवस्थाले स्थानीय वाक्क दिक्क भइसके ।
त्यसैले अहिले स्थानीयहरु यो अलपत्र सडकमा छिटो काम गराउन मेयर बालेन शाह खोजिरहेका छन् । उनीहरुले महानगरपालिकाभित्र सडक नबनेसम्म कम्तीमा हिँड्न सकिने गरी ग्राभेल गर्न माग गरेका छन् ।
स्थानीयको प्रश्न छ, मेयर साहबलाई हामी धेरै सम्मान गर्छौं, तर खै त सडक यस्तो हुँदा पनि मेयर बालेन ?
यो सडकको दुरावस्थाबारे नेपाल शोले तयार गरेको यो फिल्ड रिपोर्ट ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





