नाडा अटो शोमा राखिएको फ्लाइङ कारको इतिवृत्तान्त (भिडियो)
नेपालमा पहिलो पटक उड्ने कार सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ मा पहिलो पटक फ्लाइङ कार डिपल ईभीटीओएल सार्वजनिक भएको छ ।
यो उड्ने कार प्रर्दशनका लागि मात्र राखिएको हो । यो पाइलटरहित कार एआईको प्रयोगबाट चल्ने गरी निर्माण गरिएको छ । कारमा दुई सिट छ र एक पटकमा ३५ किलोमिटरसम्म उड्न सक्छ ।
यद्यपि यो उड्ने कार नेपालमा उडाउन भने ल्याइएको हैन । नाडाको मुख्य आकर्षण नै यही बनेको छ । यसलाई नाडाले भविष्यको शहरी यातायातका रुपमा प्रस्तुत गरेको छ । यो विद्युतीय हवाई ट्याक्सीको अवधारणामा बनेको छ ।
यो उड्ने कार चीनको चांगन र इहाङले संयुक्त रुपमा विकास गरिरहेका छन् । यो परियोजनामा यी दुई कम्पनीले २० अर्ब युआन भन्दा बढी खर्च गर्दैछन् । अबको एक दशकमा यसमा १०० अर्ब युआनभन्दा बढी खर्च गर्ने योजना छ ।
सन् २०२६ सम्म यो कारले व्यवसायिक उडान सुरु गर्ने गरी काम गरेको छ । अहिले विभिन्न देशमा यो उड्ने कारको टेस्ट फ्लाइटहरु भइसकेको छ । जुन टेस्ट फ्लाइटहरु सफल पनि भएका छन् ।
नेपाल ल्याइएको उड्ने कारमा नाडा अटो शो अवलोकन गर्न आउनेहरु चढ्न पनि पाउने छैनन् । तर, आयोजकले तोकेको सीमामा बसेर यसलाई हेर्न र योसँग फोटो खिचाउन पाउने छन् ।
डिपल ब्राण्डमा बनिरहेको यो उड्ने कारबारे अहिलेसम्म नेपालका कुनै नीति नियमहरु बनेका छैनन् । भविष्यमा सरकारलाई यसबारेका नीति, नियम बनाउन र पूर्वाधारहरु तयार गर्न यस्तो प्रदर्शनीले सघाउ पुग्ने देखिन्छ ।
हेर्नुस् यो कारबारेको एक्सप्लेनर भिडियो ।

अहिलेसम्म २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३२ करोडको सुन र ४ करोड नगद लुटपाट

जलेका नोट साट्न जानेलाई हुन सक्छ कारबाही

कुलमानको प्राथमिकता : ट्रंकलाइनको पैसा उठाउने, पुनर्निर्माण कोष बनाउने

सरकारी कार्यालय केही महिनामै दुरुस्त सेवा दिने बनाउनुपर्छ : अर्थमन्त्री खनाल
