काठमाडौंमा फास्टोले साँच्चै १० मिनेटमा अनलाइन अर्डर डेलिभरी गर्छ ?
अनलाइनमा सामान अर्डर गरेको १० मिनेटमा डेलिभरी ! यो सम्भव होला कि नहोला ? यो बिजनेस मोडल बन्नसक्ला कि नसक्ला !
अब यो सोच्ने विषय रहेन । काठमाडौं उपत्यकामा १० मिनेटमै सामान डेलिभरी गर्छु भन्ने ग्यारेन्टी दिएर आइसक्यो, फास्टो । फास्टो अनलाइन सपिङमा १० मिनेट डेलिभरीको च्यालेन्ज स्वीकारेर आएको छ ।
अहिले नेपालमा अनलाइनबाट अर्डर गरेको सामान समयमै डेलिभरी नभएर धेरैजसो ग्राहक हैरान छन् । दराज जस्ता ठूला अनलाइन सपिङ होस् वा साना कम्पनीहरु होस्, भनेको समयमा डेलिभरी हुन्न । २४ घण्टामा डेलिभरी हुन्छ भनेको सामान कहिले त एक हप्तासम्म पनि आइपुग्दैन ।
एउटा अडर गर्यो, अर्को सामान आइदिन्छ । भनेजस्तो र सोचेजस्तो सामान नआउने जस्ता समस्या पनि छन् ।
त्यसैले अहिले पनि धेरै फिजिकल स्टोरमा जान रुचाउँछन् ।
तर १० मिनेट डेलिभरीको दाबी सहित नयाँ इकमर्स प्लार्टफर्म आएको छ, फस्टो । यो अनलाइन सपिङ साइट तथा एप हो । यसले आफूलाई नेपालकै पहिलो सुपर फास्ट डेलिभरी प्लेटफर्म भनेर चिनाएको छ ।
नयाँ भएपनि विद इन १० मिनेट डेलिभरी सर्भिस दिन्छु भनेका कारण यसले बजारमा चर्चा पाइसकेको छ ।
रोचक चाहिँ के भयो भने फास्टो सेवा सुरु गरेको २४ घण्टामा नै उसको मोबाइल एप १० हजारभन्दा बढी डाउनलोड भयो ।
भदौ ८ गते सुरु सेवा गरेको कम्पनीको एप अहिलेसम्म ३० हजार भन्दाबढी डाउनलोड भइसकेको छ । यसको मतलब हो कि छिटो सामान डेलिभरी गर्छु भन्ने बाचालाई धेरैले रुचाएको छन् ।
१० मिनेट डेलिभरीको बाचा नेपालका लागि नयाँ भएपनि भारतमा सफल प्रयोग भइसकेको छ ।
भारतमा फुड डेलिभरी इकमर्स साइट जेमाटोले १० मिनेटमा डेलिभरी बाचासहित सन् २०१३ मा ब्लिंक इट ल्याएको थियो । ब्लिंक इट, जोमाटोको कस्टमर बेस डाटाका आधारमा ब्लिंक इट चलेको हो ।
कसलाई छिटो सामान डेलिभरी गरेर केही बढी शुल्क लिन सकिन्छ भन्ने विश्लेषण गरेर नै ब्लिंक इटले आफ्नो सेवा थालेको थियो । यसले गर्दा डेलिभरी चार्ज महँगो हुँदा पनि खासै मतल नराख्ने ग्राहकसम्म ब्लिंक इट सजिलै पुग्यो । यो सफल भएपछि जेप्टोले पनि पछ्याएको छ ।
उनीहरुको लगानी अनि डार्क हाउस नेटवर्क एकदमै ठूलो छ । तर नेपालमा यसरी कोही आएको थिएन ।
ब्लिंक इटलाई पछ्याएर १० मिनेटमा नै डेलिभरी दिने दाबी सहित नेपालमा फास्टो आएको छ । ब्लिंक इटजस्तै फास्टो आफैंमा लजिस्टिक र इकमर्स साइट हो । तर, उसको जोमाटोको जस्तो कस्टमर डाटा बेस भने छैन ।
यद्यपि जोखिम उठाएको छ ।
फास्टोका संस्थापक प्रशान्त घिमिरे हुन् । संस्थापक घिमिरेका अनुसार छिटो सामान डेलिभरी दिने उद्देश्यले फास्टो सुरु गरिएको हो । ‘डेलिभरी ढिलो हुँदा ईकमर्समा मान्छेहरु तानिन सकेनन्, उपभोक्तालाई पनि झन्झट भयो, त्यसैले फास्टो ग्राहकको समस्या समाधान गर्न आएको हो,’ उनी भन्छन् ।
कम्पनीको दाबी छ कि फास्टोबाट तपाईंले अर्डर गरेका सामान केही छिनमै तपाईँँको हातमा आइपुग्छ ।
अहिले फास्टोले अनलाइनमा सबैखालका सामानहरु पनि राखेको छैन । फास्टोले मूलतः भान्समा चाहिने किरानाजन्य प्याकिङ फुड आइटमहरु डेलिभरी गरिरहेको छ । चाउचाउ, कुरकुरे, चिप्स, चामल, दाल, तेल, पिठो, चिया, कफी, गेडागुडी, मसला, पास्ता, चिउरा, बेकरी, पेय पदार्थ बेच्छ ।
यस्तै दूध र मासुजन्य फ्रोजन आइटमहरु फास्टोले आफ्नो प्लाटफर्मबाट बेचिरहेको छ । अब अनलाइनबाटै आइसक्रिम पनि अर्डर गर्न मिल्ने भएको छ । यस्तै ब्युटी र पर्सनल केयरका सामानहरु पनि फास्टोले १० मिनटेमै डेलिभरी दिने दाबी गरिररहेको छ ।
बेबी केयर्स प्रोडक्सटहरु, हेयर आयल, स्किर केयर प्रोडक्ट, पफर््युमदेखि बाथ रुममा आवश्यक सरसामाग्री पनि फास्टोमा उपलब्ध छ । होम डेकोर र इलेक्ट्रोनिक्स होम र ब्युटी अप्लाइन्सेसहरु पनि फास्टोमा किन्न पाइन्छ ।
कम्पनीका अनुसार अहिले फास्टोमा २५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका २ हजारभन्दा बढी प्रकारका सामानहरु छन् ।
अहिले कम्पनीले ३०० रुपैयाँभन्दा बढीको सामान अर्डर गर्दा फ्रि डेलिभरीको सुविधा दिएको छ । ३०० रुपैयाँभन्दा कम मूल्यको सामान अर्डर गर्दा भने ९९ रुपैयाा डेलिभरी चार्ज लिन्छ ।
अब प्रश्न आउँछ साँच्चिकै फास्टोले दाबी गरेजस्तै १० मिनेटमा नै सामान डेलिभरी सम्भव छ त ? यो चाहिँ मूल प्रश्न हो । यो फास्टोले लिएको सबैभन्दा महत्वपूर्ण र कठीन च्यालेन्ज पनि यही हो ।
१० मिनेटभित्र काठमाडौंमा सामान डेलिभरी दिन सजिलो छैन । एक त उपत्यकाभित्र नै सडकको अवस्था राम्रो छैन । ट्राफिक जामको समस्या अत्याधिक छ ।
त्यस्तो अवस्थामा १० मिनेटमै सामान घर ल्याइदिन्छु भन्ने फास्टोको कमिन्टमेन्ट निकै नै महत्वकांक्षी हो ।
फास्टोले अहिले रिंगरोडभित्र र रिंगरोडबाट २ किलोमिटरसम्मको दूरीमा मात्रै १० मिनेटमा डेलिभरी दिने भनेको छ । यसका लागि १५ ठाउँमा डार्क हाउस राखिएको छ । यसलाई अझ थप्दै लैजाने योजना छ ।
डार्क हाउस मात्रै हैन, अनलाइन सामान डेलिभरीलाई फास्ट बनाउन अरु धेरै पूर्वाधारमा पनि काम गर्नुपर्छ । डेलिभरी भएको केही सेकेन्डमै सामान तयार गर्ने र डेलिभरी गर्ने व्यक्तिलाई असाइन गर्ने प्रविधि नै चाहिन्छ ।
त्यसो भए फास्टोले के गरेको छ ? साँच्चिकै उसको दाबी सम्भव छ कि छैन त ? एउटा डेमो गरेर हेरौं है त !
भिडियो

फेसबुक–युट्युब बन्दले इन्टरनेट सेवामै धक्का, बढ्न सक्छ मूल्य

साउदीको विश्वकपले नेपाललाई खोलेको बन्द ढोका

रक्सौल–काठमाडौं रेलमार्ग किन मोडियो युरेनियम खानीतिर ?

जग्गा कारोबारमा कडा नियम, अनुमति नलिए २५ लाख जरिवाना र ६ महिना जेल
