फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
सबैभन्दा धेरै चाप रहेको सरकारी कार्यालय हो, यातायात तथा लाइसेन्स कार्यालयहरु । भदौ २३ र २४ गते जेनजी आन्दोलन अगाडिसम्म पनि यातायात कार्यालयहरुमा निकै भिड थियो ।
काठमाडौंका यातायात कार्यालयहरुमा लाइसेन्स परीक्षा लिनेहरुको जहिलेसुकै भीड त्यसमाथी पनि यस वर्षदेखि सरकारले नयाँ दर्ता र नवीकरण भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्न अनिवार्य गरेपछि यातायात कार्यालयमा थप भिड बढेको थियो ।
देशभरका यातायात कार्यालयहरु प्रदेश सरकार मातहतका हुन् । यस्ता सबै यातायात कार्यालयको केन्द्रीय प्रणाली बानेश्वरस्थित यातायात व्यवस्था विभागमा थियो ।
स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट छापेर कार्यालयमा विभागले नै पठाउँथ्यो ।
तर, स्मार्ट लाइसेन्स छाप्ने मेसिन थोरै हुँदा ट्रायल पास गर्नेहरुले दुई वर्षसम्म लाइसेन्स पाउँदैन थिए । नवीकरण गर्नेहरुको पनि हातल उस्तै थियो । विदेश जाने भिसा लागिसकेकाहरुलाई तुरुनतै लाइसुन्स चाहिए विभागले नै छापेर दिने गरेको थियो ।
नयाँ बानेश्वरमा संसद भवन नजिकै छ यातायात कार्यालय । भदौ २३ र २४ गते यो कार्यालयमा आगलागी, तोडफोड र लुटपाट भयो ।
लाइसेन्स छाप्ने मेसिन जल्यो, यातायातको केन्द्रीय प्रणाली रहेको कोठा पनि जल्यो । अब लाइसेन्स र यातायात प्रणालीको सर्भर तत्कालै पुनर्स्थापित गर्न कठिन छ ।
त्यसैले अहिले प्रदेशका यातायात कार्यालयहरुले पनि लाइसेन्सको परीक्षा सञ्चालन गर्न सक्दैनन्, अनि नयाँ गाडी तथा मोटरसाइकल दर्ता र नवीकरण गर्न पनि रोकिएको छ ।
शनिबारदेखि कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दैछ, यातायातका साधन चल्न थालेका छन् । आइतबारदेखि सरकारी कार्यालयहरु पनि खुलेका छन् । तर, यातायात कार्यालय सेवा दिन सक्ने अवस्थामा छैन ।
उसले आइतबार सूचना निकालेर सबै सेवा बन्द भएको जानकारी गराएको छ । सर्भरमा नै समस्या आएपछि कार्यालयले सेवा दिन सक्ने कुरै भएन ।
विभागको सिंगो भवन नै जलेर काम नलाग्ने भएका कारण तत्कालै अनलाइन प्रणाली चलाउन सम्भव छैन ।
आगलागीबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको विभागले जनाएको छ । त्यसैले अनिश्चितकालका लागि लाइसेन्सको छपाइ र वितरण बन्द भएको छ । त्यस्तै इम्बोस्ड नम्बर प्लेट वितरणको काम पनि रोकिएको छ ।
प्रदेशका यातायात कार्यालयहरुले सवारी साधन दर्ता र नवीकरण गर्दै आएका थिए । त्यो काम पनि रोकिएको छ । त्यस्तै लाइसेन्सको परीक्षा ट्रायलहरु पनि अनिश्चितकालका लागि रोकिएका छन् ।
विभिन्न यातायात कार्यालयमा समेत तोडफोड र आगजनी भएकाले तत्कालै लाइसेन्सको परीक्षा र ट्रायल हुनसक्ने अवस्था छैन । यातायातसम्बद्ध कागजात पनि जलेकाले तत्कालै प्रदेशस्थित यातायात कार्यालयले सेवा थाल्न सक्दैनन् ।
यसले विदेश जान अत्यावश्यकीय लाइसेन्स लिनुपर्नेहरु मर्कामा परेका छन् । यसअघि लाइसेन्स छपाइ गर्न दिएकाहरुको लाइसेन्स पनि अब छपाइ हुन सक्ने छैन । सरकारले नयाँ प्रिन्टर मेसिन किनेपछि मात्रै स्मार्ट लाइसेन्स प्रिन्ट हुन सक्छ ।
यातायात विभागका अधिकारीहरुका अनुसार अब लाइसेन्स कसरी वितरण गर्ने भन्ने कुरा प्रदशे सरकारले नै योजना बनाउनुपर्छ । खासमा संघीयतामा गएपछि यातायात सम्बद्ध सेवा सबै प्रदेशले नै दिने हो । इम्बोस्ड प्लेटका हकमा भने प्लेट छपाइ गर्ने मेसिन नै जलेकाले ठेकेदार कम्पनीले के गर्छ भन्ने कुरामा निर्भर हुन्छ ।
विभागका अधिकारी भन्छन्, ‘अब प्रदेशहरुले नै लाइसेन्स छाप्ने मेसिन किनेर लाइसेन्स वितरण गरुन्, हामी सर्भर व्यवस्थापन भने गर्छौं ।’
यसरी के देखिन्छ भने लाइसेन्स वितरण अब कहिलेबाट कसरी वितरण हुन्छ भन्ने अनिश्चित छ । छिटोमा पनि प्रदेशहरुले मेसिन कनिेर सेवा थाल्न कम्तीमा ६ महिना त समय लाग्नै देखिन्छ । अझ त्यो भनद्या बढी समय पनि लाग्छ । अन्यथा सरकारले पहिलेकोजस्तै कागजी लाइसेन्स जारी समेत गर्न सक्छ ।
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


