गृहमन्त्रीमा अर्याल, खनाल र कुलमान पनि मन्त्री बन्दै
काठमाडौं । नयाँ सरकारमा ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री हुने पक्का भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जनासँग नै सम्वादपछि मन्त्रीको नाम टुंगो लगाएकी हुन् ।
अर्याल गृह र कानुनमन्त्री बन्दैछन् । उनी यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार थिए । यस्तै उनी चर्चत कानुन व्यवसायी समेत हुन् ।
रामेश्वर खनाल अर्थसहित सम्बद्ध केही मन्त्रालयहरुको मन्त्री हुनेछन् । अर्थमन्त्री हुन लागेका खनाल पूर्व अर्थसचिव हुन् । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले अनावश्यक दबाब दिएको भन्दै उनले पद छाडेका थिए । उनी यसअघिको सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझव आयोगका अध्यक्ष पनि थिए ।
यस्तै कुलमान घिसिङ भने ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकाससहित प्राविधिक मन्त्रालयको मन्त्री हुनेछन् । घिसिङ भने नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । उनको नेतृत्वले नै नेपालमा लोडसेडिङ हटाएकाले उनी लोकप्रिय छन् ।
भोलि उनीहरुको नियुक्ति र सपथ हुनेछ ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





