वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३२ करोडको सुन र ४ करोड नगद लुटपाट
काठमाडौं । भदौ २४ गते प्रर्दशनपछि राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट करिब ४ करोड २१ लाख नगद र १७ केजीभन्दा बढी सुन चोरी भएको छ । आन्दोलनको मौका पारेर लुटेरा समूहले बैंकबाट करिब १७ हजार ग्राम सुनसहित ४ करोड २१ लाख नद लुटपाट गरेका हुन् ।
यसरी अहिलेको मूल्य अनुसार ३२ करोडभन्दा बढी मूल्यको सुन मात्रै लुटिएको छ । नगद समेत जोड्दा त्यो करिब ३६ करोड बराबरको लुटपाट भएको छ ।
लुटपाट भएको बैंकको यो शाखा संसद भवनको पछाडि छ । संसद भवनमा आगलागी पछि एउटा समूह अराजक ढंगले राष्ट्रिय वाणिज्य बैंक छिरेको थियो । बैंकमा तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका अनुसार कर्जा जारी गर्न धितो राखिएको सुन चोरी भएको छ । उनीहरुले नगद र सुन रहेको भल्ट नै फुटाएर चोरी गरेका हुन् । सो स्थानसम्म पुग्ने आइरन गेट समेत फुटाएर चोरी गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले सुन र नगद लुटपाटको सिसीटिभी फुटेजसहित प्रहरीमा यसबारे उजुरी गरिसकेको छ ।
प्रहरीले लुटेरा समूहको खोजी थालिसकेको छ । लुटेर समूह बैंक लुटपाट गएका ठाउँहरुको सिसी टिभी फुटेज समेत हेरेर प्रहरीले उनीहरुको खोजी गर्दैछ ।
लुटिएको बैंकको लकर भने सुरक्षित छ । त्यसैदिन राति सेनाले सो बैंक फोरिरहेका ५ जना सेनालाई नियन्त्रणमा लिएको थियो ।
प्लटिङको जग्गामा हदबन्दी हटाउन व्यवसायीको माग
'पहिले भन्दा झन् राम्रो र सुरक्षित छ दाउरा थकाली'
नेपाली अर्बपतिसँग म्यारियटको दोस्ती
फ्लाइट डिले भए यात्रुलाई क्षतिपूर्ति !
सरकारी वितरण केन्द्रमै ग्यास अभाव, रित्तै फर्किंदै उपभोक्ता







