नेभिगेशन
अर्थ

अहिलेसम्म २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

जेन-जी आन्दोलनका क्रममा भएको भौतिक आगजनी र तोडफोडका घटनामा अहिलेसम्म करिब २१ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । यो प्रारम्भिक दाबी मात्रै हो । भविष्यमा यो दाबी अझै धेरै बढ्ने छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार ३१ भदौसम्म १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँकाृ दाबी परिसकेको छ । 

अहिलेसम्म १ हजार ९८४ वटा दाबी परेको छ । र, अझै यो बढ्ने क्रममा छ । यो निजी सम्पत्तिमा भएको क्षतिको मात्रै दाबी हो । 

अहिलेसम्म सबैभन्दा बढी रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । यसमा परेको ४० वटा दाबीमा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको बीमा भुक्तानी मागिएको छ । 

सिद्धार्थ प्रिमियरमा २५८ वटा दाबी छ । जसमा ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ भुक्तानी दाबी भएको छ । 

शिखर इन्स्योरेन्समा परेको ३६६ वटा दाबीमा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ  भुक्तानी दाबी भएको छ । 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँको दाबी परेको छ ।

नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको दाबी परेको छ ।

प्रोटेक्टिभ माइक्रो इन्योरेन्समा १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँको बीमा दाबी परेको छ ।Bima-dabi-1758180382.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ