सेयर लगानीकर्ताको मनोबल बढाउन अर्थमन्त्रीले बनाए अध्ययन समिति
                                                                    
                                
                            जेन–जी आन्दोलनपछि खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि सरकारले लगानीकर्ताको मनोबल बढाउन तयारी थालेको छ । अर्थमन्त्री रामेश्वर खनालले  पूँजीबजारको समस्या अध्ययन गर्न एक कार्यदल नै गठन गरेका छन् । 
कार्यदललाई आम लगानीकर्ताको मनोबल बढाउन गर्नुपर्ने काम सुझाव दिन भनिएको छ । अर्थमन्त्रीले धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य तोकिएका छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिव छन् । 
कार्यदललाई लगानीकर्ताको मनोबल बढाउन तत्काल चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारबारे ठोस सुझाव र कार्ययोजना बनाउन भनिएको  छ । ५ दिनभित्र कार्यदलले रिपोर्ट दिनेछ । 
                                                    श्रीमती कि गर्लफ्रेन्ड भन्ने अध्यागमनको चासो होइन, सबै सजिलै विदेश जान पाउँछन्
                                                    गुपचुप आयो मेलम्चीको पानी
                                                    विपी राजमार्गका लागि जापानको २ अर्ब ६० करोड अनुदान
                                                    २८३ मेगावाट विद्युत निर्यात अनुमति भयो नवीकरण
                                                    भारतसँग जोडिने थप दुई ठूला प्रसारणलाइन बन्ने तय
                                                    
                    
-1761836913.jpg)



-1762094516.jpg)


