गगनप्रति डा. महतको आक्रोश : आलो घाउमा नुन छर्ने !
                                                                    
                                
                            ५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका दुई महामन्त्रीप्रति चर्को अक्रोश पोखेका छन् । नेतृत्व परिर्वतनको मागलाई आलो घाउमा नुन चर्केने प्रवृत्ति भनेका छन् ।
आइतबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले अहिले एक भएर कमी कमजोरी हटाउने र कांग्रेसलाई सशक्त र वलियो पार्टी बनाउने बेला भएको बताए । तर जेनजी आन्दोलनका क्रममा घाइते भएका सभापति शेरबहादुर देउवाको उपचार पुरा नभइसक्दा नेतृत्व परिर्वचनको बहस थालेको भन्दै चर्को आक्रोश पोखे । ‘जुन खाले बहस सुरु गरिएको छ, त्यसका प्रति हामी गम्भीर हौं,’ उनले भने, ‘घाउमा नुन छर्ने प्रवृत्ति गलत हो ।’
कांग्रेसमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिर्वतनमा जोड दिएका छन् । त्यसका लागि तत्काल नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको माग छ ।
प्रवक्ता डा. महतले नाम त लिएनन्, तर महामन्त्रीहरुप्रति संकेत गर्दै चर्को आक्रोश पोखे । उनले भने, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पुरा हुन पर्खन सक्दैनौं । आकाश नै झरिहाल्छ ?’
अहिले नेतृत्व परिर्वतन भन्नेहरु नै २३ गते आउनुभन्दा चार दिन अगाडिसम्म देउवाको नजिक रहेका दाबी समेत गरे ।
‘हामी त बरु अलिकति टाढा भएका थियौं । कतिपय कुराहरु ठीक भइरहेको छैन । जुन सोच र शैली ओलीजीले देखाउनु भएको छ, त्यसले ठीक बाटोमा अगाढि बढ्दैन भनिरहेका थियौं,’ उनले भने, ‘जुन साथीहरुले अहिले प्रश्न उठाइरहनु भएको छ, तत्काल नेतृत्व परिर्वतनको कुरा उठाइरहनु भएको छ । उहाँहरु सबभन्दा नजिक हुनुहुन्थ्यो । तपाईँहरुले उहाँहरुका बोली बचन उठबस राम्रोसित हेर्नुभयो भने उहाँहरु सबभन्दा नजिक हुनुहुन्थ्यो ।’
उनीहरुले नै नयाँ परिस्थिस्ति बन्ने वित्तिकै नेतृत्व एकछिन पनि हुँदैन भन्न थालेको भन्दै उनले अक्रोश पोखे ।
पार्टीको केन्द्रीय समिति र अरु संरचनामा गम्भीर छलफल गर्ने र त्यसका आधारमा सुधार गरेर अगाडि बढ्ने भन्दै प्रवक्ता डा. महतले भने, ‘त्यसका लागि नपर्खने, कार्यसम्पादन समितिबाट जुन निर्णय भएको छ, त्यो भन्दा छुट्टै जिम्मेवार साथीहरुले अर्कै बहस थाल्नुभयो । यसले हाम्रो पार्टीलाई पनि मजबुत गर्दैन ।’
यसले लोकतन्त्र विरोधी र निरन्तर अस्थिरताथिर धकेल्न चाहने प्रवृत्तिहरुलाई मदत मात्र पुग्ने उनको तर्क छ ।
‘सहज हुँदा अतिशयोत्तिपूर्ण तरिकाबाट प्रशंसा गर्ने, अठ्यारो हुने वित्तिकै गालीगलौजको वर्षा गर्ने उपयुक्त हुँदैन । सन्तुलित होऔं, संयमित होऔं,’ प्रवक्ता डा. महतको आग्रह छ ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)