नेभिगेशन
अर्थ

नेप्सेमा सूचाकंक गणनाको पुरानो व्यवस्था स्थगन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारदेखि अन्तिम १५ मिनेटको औसत गणना विधिलाई स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले यो विधि स्थगित गने निर्णय गरेको थियो । जेन–जी आन्दोलनपछि सेमयर बजारमा ठूलो रिगावट आएपछि बजारका लगानीकर्ताको मनोबल खस्किन नदिने गरी यो निर्णय भएको हो । 

धितोत्रप बोर्डले यससम्बन्धी निर्णय नेप्से पठाएसँगै पुरानो औसत गणना विधि स्थगित गर्न लागेको नेप्सेले विज्ञप्तिमार्फत जनाएको छ । 

लामो समयदेखि लगानीकर्ताहरुले यो विधि हटाउन माग गरिरहेका थिए । यसमा गणनामै त्रुटि हुँदा लगानीकर्ता यो विधिको विपक्षमा उभिएका थिए । 

 नयाँ अर्थमन्त्री रामेश्वर खनालले पनि यो हटाउने गरी निर्णय गर्न बोर्डलाई भनेका थिए । 

यसअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार २ः४५ बजेदेखि ३ः३० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था स्थगन भएको हो । 

अहिलेसम्म यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था थियो । 

प्रवक्ता मुराहरी पराजुलीका अनुसार अब यो व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ । 

परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ । असोज ६ गतेको सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागु गरिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ