नेप्सेमा सूचाकंक गणनाको पुरानो व्यवस्था स्थगन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारदेखि अन्तिम १५ मिनेटको औसत गणना विधिलाई स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले यो विधि स्थगित गने निर्णय गरेको थियो । जेन–जी आन्दोलनपछि सेमयर बजारमा ठूलो रिगावट आएपछि बजारका लगानीकर्ताको मनोबल खस्किन नदिने गरी यो निर्णय भएको हो ।
धितोत्रप बोर्डले यससम्बन्धी निर्णय नेप्से पठाएसँगै पुरानो औसत गणना विधि स्थगित गर्न लागेको नेप्सेले विज्ञप्तिमार्फत जनाएको छ ।
लामो समयदेखि लगानीकर्ताहरुले यो विधि हटाउन माग गरिरहेका थिए । यसमा गणनामै त्रुटि हुँदा लगानीकर्ता यो विधिको विपक्षमा उभिएका थिए ।
नयाँ अर्थमन्त्री रामेश्वर खनालले पनि यो हटाउने गरी निर्णय गर्न बोर्डलाई भनेका थिए ।
यसअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार २ः४५ बजेदेखि ३ः३० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था स्थगन भएको हो ।
अहिलेसम्म यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था थियो ।
प्रवक्ता मुराहरी पराजुलीका अनुसार अब यो व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ ।
परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ । असोज ६ गतेको सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागु गरिने उनले बताए ।
रास्वपा किन फेर्न चाहन्छ भारुसँगको फिक्स्ड सटही दर ?
नयाँ मन्त्रीहरुलाई छैन क्वार्टर, कहाँ बस्छन् ?
ग्यास संकट : दैलेखको ग्यास निकाल्न मिल्दैन ?
रास्वपाको सरकारले कर घटाउँछ ?
नेपालको भविष्य बदल्ने एउटा सुरुङमार्गको दुःखान्त

-1773930665.jpeg)



